१० दिन सुरुङमा फसेर उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज

Published on

काठमाडौं – रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कविर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि महर्जनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको हो। अस्पतालबाट घर फर्किने क्रममा ललितपुरस्थित उनको निवासमा स्थानीयले फूलमाला र स्वागतसहित स्वास्थ्य लाभको शुभकामना दिएका थिए।

गत भदौ १० गते आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका महर्जनको उद्धार कार्य चर्चाको विषय बनेको थियो। १० दिनसम्म अँध्यारो सुरुङभित्र कठिन परिस्थितिमा रहेका उनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जीवितै उद्धार गरेको थियो।

उद्धारपछि उपचारका लागि अस्पताल भर्ना गरिएका महर्जनको स्वास्थ्य अवस्थालाई चिकित्सकहरूले निरन्तर निगरानीमा राखेका थिए। लामो समयको मानसिक तथा शारीरिक तनावका कारण कमजोर बनेको स्वास्थ्य अवस्थामा क्रमशः सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।

शुक्रबार अस्पतालबाट बाहिरिने क्रममा महर्जन पूर्णरूपमा होसमा र स्वस्थ देखिएका थिए। काठमाडौं हुँदै ललितपुरस्थित निवासतर्फ फर्किने क्रममा विभिन्न स्थानमा स्थानीयले उनलाई फूलमाला लगाएर स्वागत गरेका थिए।

महर्जनले आफूलाई नयाँ जीवन प्रदान गर्ने उद्धार टोली तथा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन्।

spot_img

ताजा समाचार

पहिरोका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गको चितवन खण्ड अझै अवरुद्ध

काठमाडौं – लगातारको वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा...

आईसीसी टी-२० वरीयतामा नेपाल दुई स्थान माथि

काठमाडौं – आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट...

पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्डमा आवागमन बन्द

काठमाडौँ - लगातारको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन बन्द...

पशुपतिनाथ र बुद्धको सन्देशसँगै प्रधानमन्त्री शाहले टुंग्याए राष्ट्रसंघीय महासभा सम्बोधन

काठमाडौँ - प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र कल्याणको...