बुढानीलकण्ठबाट २२ केजी सुन बरामद, केही व्यक्ति पक्राउ

Published on

काठमाडौँ – काठमाडौँको बुढानीलकण्ठस्थित चपलीबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चपली क्षेत्रमा अपरेसन सञ्चालन गरी उक्त सुन बरामद गरेको हो।

सुन रहेको सूचना पाएपछि प्रहरीले मध्याह्नदेखि नै अपरेसन सुरु गरेको थियो। सुनसँग सम्बन्ध देखिएका केही व्यक्तिलाई प्रहरीले पक्राउसमेत गरेको स्रोतले जनाएको छ। यद्यपि पक्राउ परेकाहरूको पहिचान र सुनको स्रोतबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

सुन बरामदबारे थप जानकारी दिन प्रहरीले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...

कांग्रेस महाधिवेशन: सभापतिमा तीनसहित विभिन्न पदमा उम्मेदवारी, प्रारम्भिक सूची सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न...

भारतमा निर्वाचन आयोगविरुद्ध विपक्षीको प्रदर्शन, एसआइआरलाई लिएर विवाद चर्कियो

काठमाडौँ - भारतमा निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई लिएर राजनीतिक विवाद...

फ्रान्समा विद्यार्थी आन्दोलन देशव्यापी, २ लाख ६६ हजार सडकमा

काठमाडौँ - शिक्षा क्षेत्रमा बजेट वृद्धि, विद्यालयमा पर्याप्त स्रोतसाधन र कर्मचारी व्यवस्थालगायत माग राख्दै...