कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

Published on

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ। बिहीबारका लागि तय गरिएको मतदान आवश्यक तयारी पूरा नभएको तथा प्रतिकूल मौसम र प्राविधिक कारणले आजका लागि सारिएको हो।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु हुने जानकारी दिनुभएको छ। आवश्यक तयारी पूरा भए पनि साँझ मतदान सुरु गर्दा रातभर मतदातालाई असहज हुने भएकाले बिहानदेखि मतदान गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले पनि खराब मौसम, प्राविधिक समस्या र रातिको समयमा मतदान गर्दा प्रतिनिधिहरूलाई कठिनाइ हुने अवस्थालाई ध्यानमा राखेर बिहान ७ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ।

एक प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने

निर्वाचन समितिका अनुसार प्रत्येक महाधिवेशन प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। मतदान स्थल निर्माणमा संलग्न व्यक्तिहरूका अनुसार एक जना प्रतिनिधिलाई मतदान गर्न करिब ३० मिनेट लाग्ने अनुमान गरिएको छ।

निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार महाधिवेशनमा ७ हजार ३१७ जना प्रतिनिधि सहभागी छन्। बिहान ७ बजेदेखि मतदान सुरु भए दिउँसो ३ बजेसम्म मतदान सम्पन्न हुने अनुमान गरिएको छ।

राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान

मतदानका लागि काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान केन्द्र तथा बुथहरू स्थापना गरिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्।

खुलामञ्चमा भने बाँकी छ प्रदेश तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ।

खुलामञ्चस्थित तराई–मधेश हलमा कोशी र मधेश प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन्। हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ भने पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै जनसम्पर्क समितिबाट आएका प्रतिनिधिहरूले मतदान गर्नेछन्।

मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले जनाएको छ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न दिइनेछ।

मतदान सम्पन्न भएपछि मतपेटिकाहरू संकलन गरी ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा लगिने र त्यहीँ मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...

बुढानीलकण्ठबाट २२ केजी सुन बरामद, केही व्यक्ति पक्राउ

काठमाडौँ - काठमाडौँको बुढानीलकण्ठस्थित चपलीबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ। प्रहरी उच्च...