प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण 

Published on

काठमाडौं २२ वैशाख । प्रधान सेनापति महारथी प्रभुराम शर्माले पोखरास्थित मध्य कमाण्ड हेडक्वार्टर र रुपन्देही जिल्ला, सालझण्डीस्थित श्री नेपाली सैनिक व्याटल स्कुलको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको दौरान उनले कमाण्ड हेडक्वार्टर तथा व्याटल स्कुलको तैनाथीको वर्तमान अवस्था, स्थानीय तह निर्वाचन सुरक्षा लगायत विविध पक्षबारे जानकारी लिएर सकलदर्जालाई सम्बोधन समेत गरेका छन् ।

यसैगरी निरीक्षणकै क्रममा, प्रधान सेनापति शर्माले नेपाली सेनाद्वारा, आसन्न स्थानीय तह निर्वाचन २०७९ को सुरक्षार्थ रुपन्देही जिल्लास्थित मझगाँवा ईलाका र तनहुँ जिल्लास्थित रिसिङ ईलाकामा स्थापना गरेको Company Operating Base (COB) को निरीक्षण गर्नुको साथै उक्त ईलाकाको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी लिएर जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुख रनिर्वाचन अधिकृतहरुसँग अन्तरक्रिया गरेका छन् । साथै, उनले COB मा तैनाथ सेनालाई प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढंगले सम्पादन गर्न समेत निर्देशन दिएको नेपाली सेनाले जनाएको छ ।

ताजा समाचार

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

दुबई, १५ मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई...

भुकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाउँदै कांग्रेस नेता महर

जाजरकोट, १५ मंशिर । कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला...

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा, १६ मंशिर । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।  युद्बबिराम...

युद्दबिरामका बिचमा प्यालेस्टाइनी भुमीवाट इजरायलमा रकेट प्रहार

गाजा, १५ मंशिर । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली...