प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण 

Published on

काठमाडौं २२ वैशाख । प्रधान सेनापति महारथी प्रभुराम शर्माले पोखरास्थित मध्य कमाण्ड हेडक्वार्टर र रुपन्देही जिल्ला, सालझण्डीस्थित श्री नेपाली सैनिक व्याटल स्कुलको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको दौरान उनले कमाण्ड हेडक्वार्टर तथा व्याटल स्कुलको तैनाथीको वर्तमान अवस्था, स्थानीय तह निर्वाचन सुरक्षा लगायत विविध पक्षबारे जानकारी लिएर सकलदर्जालाई सम्बोधन समेत गरेका छन् ।

यसैगरी निरीक्षणकै क्रममा, प्रधान सेनापति शर्माले नेपाली सेनाद्वारा, आसन्न स्थानीय तह निर्वाचन २०७९ को सुरक्षार्थ रुपन्देही जिल्लास्थित मझगाँवा ईलाका र तनहुँ जिल्लास्थित रिसिङ ईलाकामा स्थापना गरेको Company Operating Base (COB) को निरीक्षण गर्नुको साथै उक्त ईलाकाको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी लिएर जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुख रनिर्वाचन अधिकृतहरुसँग अन्तरक्रिया गरेका छन् । साथै, उनले COB मा तैनाथ सेनालाई प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढंगले सम्पादन गर्न समेत निर्देशन दिएको नेपाली सेनाले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...