निर्वाचनमा विना अनुमतिपत्र यातायात चलाउन नपाइने

Published on

काठमाडौं, वैशाख २३ गते। निर्वाचनमा विना अनुमतिपत्र यातायात चलाउन नपाइने भएको छ । निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेपछि निर्वाचनमा विना अनुमतिपत्र यातायात चलाउन नपाइने भएको हो ।

आयोगले स्वीकृत गरेको मापदण्डअनुसार अत्यावश्यक सेवासँगै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउन पाउनेछन्। यसैगरी सवारी साधान प्रयोग गने अनुमतिपत्र मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गर्नुपर्नेछ । तर सवारी साधान अनुमतिका लागि वैशाख २८ गतेसम्म निवेदन दिन सकिने आयोगले जनाएको छ। आयोगले निर्वाचन कार्यमा खटिएका सुरक्षाकर्मीलाई भारी सवारी साधन सञ्चालनको अनुमति दिन सकिने जनाएको छ भने विदेशी नम्बर प्लेट भएको सवारी साधन प्रयोगको अनुमति दिइने छैन। यसैगरी, अन्तर्राष्ट्रिय हवाइ उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरुका हकमा पासपोर्ट, भिसा र हवाइ टिकटका आधारमा त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको व्यवस्था काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारीले मिलाउने छ। त्यस्तै, एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिटी उल्लेख भएको कूटनीतिक नियोगको सवारीसाधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन।

मतदानको दिन मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेमा सुरक्षा निकाय र सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिन सक्ने माण्डदण्डमा उल्लेख छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...