‘युक्रेनमा रुसी आक्रमण विश्वव्यापी मुद्दा’

Published on

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको सङ्कट विश्वव्यापी मुद्दा भएको उल्लेख गर्दै त्यसले अन्तर्राष्ट्रिय व्यवस्था, क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता कायम राख्ने महत्वलाई बढाएको बताएका छन् । टोकियोमा एशिया–प्रशान्त क्षेत्रका नेताहरूको ‘क्वाड’ बैठकमा चीनले दाबी गरेको स्वशासित टापु ताइवानको लागि अमेरिकी सैन्य समर्थन स्वैच्छिक रूपमा आएको टिप्पणी गरेको एक दिनपछि अमेरिकी राष्ट्रपतिले युक्रेन सङ्कट युरोपेली मुद्दा मात्र नभएर त्यो विश्वव्यापी विषय भएको बताएको हो ।

संयुक्त राज्य अमेरिका, जापान, भारत र अष्ट्रेलिया सहभागी क्वाड बैठकमा युक्रेनको अवस्थाबारे मन्तव्य व्यक्त गर्दै उहाँले आफ्नो मुलुक अमेरिकाका सहयोगीहरूका साथमा रहने तथा स्वतन्त्र र खुला एशिया–प्रशान्त क्षेत्रका निम्ति लागिपर्नेमा जोड दिए । “अन्तर्राष्ट्रिय कानून, मानवअधिकार संसारमा जहाँसुकै उल्लङ्घन भए पनि सधैं रक्षा गर्नुपर्छ,” उनले भने,।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार डाभोसमा विश्वव्यापी व्यापारिक नेताहरूसमक्ष पाशविक शक्ति प्रयोग गर्नबाट रोक्न विश्वले रूसविरुद्ध प्रतिबन्धहरू बढाउनुपर्नेमा जोड दिएका थिए । सम्भवतः युरोपेली सङ्घ केही दिनभित्र रूसी तेल आयातमा प्रतिबन्ध लगाउन सहमत हुनेछ र रुसबाट सर्वाधिक इन्धन आयात गर्ने जर्मनीले पनि मस्कोको इच्छामा तुषारापात गर्नेछ । मस्कोले युक्रेन द्वन्द्वमा पश्चिमा देशले आफूलाई एक्ल्याए पनि चीनसँगको आफ्नो आर्थिक सम्बन्ध बढ्ने बताएको छ । “हामी केही दिन भित्रै सफलतामा पुग्नेछौं,” जर्मनीका अर्थमन्त्री रोबर्ट ह्याबेकले भनेका छन् ।

सत्ताइस सदस्यीय सङ्घका अधिकांश राष्ट्र रूसी ऊर्जामा निर्भर छन् । यस्तो परिस्थितिमा सङ्घले रुसी इन्धन आपूर्ति रोक्न द्रुतगतिमा अघि नबढेकामा किभबाट चर्को आलोचना खेप्नुपरेको छ । हङ्गेरीले प्रतिबन्धमा सहमत हुनुअघि ऊर्जा लगानीको माग गरेको छ भने सङ्घका सदस्य राष्ट्रले पनि द्रुत स्वीकृतिमा जोड दिएका छन् । सङ्घले गैर–रूसी आपूर्तिको अभाव भएका मध्य र पूर्वी राष्ट्रहरूलाई दुई अर्ब यूरोसम्मको प्रस्ताव गरेको छ ।

यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले संयुक्त राज्य अमेरिका र युरोपसँगको आर्थिक सम्बन्ध टुटेपछि क्रेमलिनले चीनसँगको सम्बन्ध विकासमा ध्यान दिने बताएका छन् । “यदि उनीहरू (पश्चिमा देश) सम्बन्ध पुनः सुरु गर्ने सन्दर्भमा केही प्रस्ताव गर्न चाहन्छन् भने हामी त्यसलाई आवश्यक भएनभएको सम्बन्धमा गम्भीरतापूर्वक विचार गर्नेछौं, जब पश्चिमाहरूले तानाशाहको रुप लिएको छ, चीनसँगको हाम्रो आर्थिक सम्बन्ध अझ तीव्र हुनेछ,” उनले भनेका छन्

सन् १९४५ पछि युरोपेली देशमा भएको रूसको तीन महिना लामो आक्रमणलाई सबैभन्दा ठूलो हो । आक्रमणबाट बच्न ६५ लाखभन्दा बढी विदेश पलायन भएका छन् भने सम्पूर्ण शहरहरू भग्नावशेषमा परिणत भएका छन् जसले रूसमाथि अनपेक्षित प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रहरूलाई प्रेरित गरेको छ ।

राष्ट्रपति जेलेन्स्कीले सोमबार युक्रेनका सहयोगीहरूलाई बन्दी आदानप्रदानका लागि मस्कोलाई दबाब दिन आह्वान गर्नुभयो । उहाँले “हामीलाई रूसी सेनाको आवश्यकता छैन, हामीलाई केवल हाम्रा चाहिन्छ, हामी भोलि पनि बन्दी आदानप्रदानका लागि तयार छौं,” उनले भने । सिन्ह्वा

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...