बेपत्ता जहाजको खोजी आज बिहानैबाट सुरु

Published on

काठमाडौं १६ जेठ । हराइरहेको तारा एयरको जहाजको खोजीलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सो जहाज सम्पर्कविहीन बनेको थियो । खराब मौसम र रात परेपछि आइतबार साँझ रोकिएको जहाज खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मीको टोलीले आज बिहानैदेखि निरन्तरता दिएका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले मानापाथी हिमाल आसपासको क्षेत्रलाई आधार मानेर हराएको जहाज खोज्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका करिब १०० जवान परिचालन भएका जानकारी दिए ।

नेपाली सेना र निजी क्षेत्रको हेलिकोप्टर कुहिरोका कारण हिजो दिनभर सम्भावित ठाउँमा पुग्न नसकेपछि उनीहरू अपराह्न स्थलमार्गबाट गएका हुन् । कोवाङदेखि करिब दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेका सुरक्षाकर्मी बिहानै मानापाथी हिमालतर्फ लागेका हुन् । आज पनि कुहिरो लागेकाले हेलिकोप्टर उडाउन समस्या देखिएको र खोजीमा चुनौती भएको प्रशासकीय अधिकृत पाण्डेले बताए ।

काठमाडौंबाट सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकोप्टरबाट कोवाङ आएका थिए । याकखर्कमा यार्चागुम्बा संकलन गर्न गएका सोलुखुम्बुका राजकुमार राईले नजिकबाट उडेको जहाज ठोक्किएको आवाज सुनेको उद्धारकर्तालाई बताएका थिए ।

सुरक्षाकर्मीसँगै उद्धारमा खटिएका स्थानीयवासी इन्द्रसिंह शेरचनले थप तीन घण्टा पैदलयात्रा गरेपछि सम्भावित स्थलमा पुगिने बताए । पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । हराएको जहाजमा चालक दलका तीन र १९ यात्रु रहेका तारा एयरले जनाएको छ । रासस

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...