उत्तर कोरियाको विदेशमन्त्रीमा महिला

Published on

काठमाडौं २९ जेठ । उत्तर कोरियाली विदेशमन्त्रीमा पहिलो पटक महिला नियुक्त भएकी छन् । अनुभवी कूटनीतिज्ञ चोए सोन हुई उत्तर कोरियामा पहिलो पटक महिला विदेशमन्त्री बनेकी हुन् ।

हुईले यसअघि उपविदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । अंग्रजी भाषामा पनि राम्रो दख्खल भएकी उनले री सोन ग्वोनलाई विस्थापित गरेकी हुन् । कूटनीतिक सेवाबाट आएकी हुईले विभिन्न देशसँगको वार्ताका क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको शिखर बैठकमा पनि उनको उल्लेखनीय भूमिका थियो । उत्तर कोरिया र विभिन्न शक्तिराष्ट्रबीचका वार्ता तथा छलफलमा सक्रिय सहभागिता जनाउँदै आएकी हुईले विदेश मन्त्रालयको जिम्मेवारी प्रभावकारी रूपमा निर्बाह गर्ने अपेक्षा गरिएको छ । एएफपी

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...