ताइवान स्वतन्त्र बनाउने प्रयास गरे युद्ध : चीन

Published on

काठमाडौं २९ जेठ । चीनले ताइवानलाई स्वतन्त्र बनाउने प्रयास गरे युद्ध सुरु हुने भन्दै अमेरिकालाई चेतावनी दिएको छ । चीनका रक्षामन्त्री वे फेङ्गेले एसियाली सुरक्षा सम्मेलनका अवसरमा अमेरिकी समकक्षी लोयड अस्टिनसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा वेले ताइवानलाई चीनबाट छुट्याइएको खण्डमा ‘चिनियाँ सेनासँग जुनसुकै हालतमा लड्नुबाहेक अन्य विकल्प नहुने’ बताएका हुन् ।

वार्तापछि बोल्दै अस्टिनले चिनियाँ सैनिक गतिविधि ‘उत्तेजनापूर्ण र अस्थिरता निम्त्याउने खालका’ भएको बताएका बीबीसीले जनाएको छ । ताइवानमाथि चीनले दैनिकजसो ठूलो संख्यामा वायुयानहरू उडाइरहेका र त्यसले उक्त क्षेत्रमा ‘शान्ति र स्थिरतालाई अवमूल्यन गरिरहेको’ अस्टिनको भनाइ छ । चीनले आफ्नो भूमिको अभिन्न अंग मान्ने स्वशासित ताइवानलाई हतियार बेचेको भन्दै चिनियाँ रक्षामन्त्री वेले अमेरिकाको निन्दा गरेका छन् ।

‘ताइवानलाई चीनबाट कसैले अलग गर्ने प्रयास गर्छ भने चिनियाँ जनमुक्ति सेनासमक्ष लड्नु र स्वतन्त्र हुने ताइवानको प्रयासलाई कुनै पनि मूल्यमा दमन गरी देशको राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्नुबाहेक कुनै विकल्प हुँदैन,’ वेलाई उद्धृत गर्दै एक प्रवक्ताले भनेका छन् ।

अस्टिनले भने बेइजिङलाई पूर्ण सरकारका रूपमा मान्यता दिन र ताइवानको स्वतन्त्रताको विपक्षमा उभिने यथास्थितिलाई स्वीकार गर्न अमेरिका प्रतिबद्ध रहेको बताएका बीबीसीले उल्लेख गरेको छ । बल प्रयोग गरेर तनाव अन्त्य गर्न नहुनेमा अस्टिनले जोड दिएका जनाइएको छ । दुई देशका रक्षामन्त्रीहरूबीच सिंगापुरमा आयोजित सांग्रिला सम्मेलनका क्रममा भएको कुराकानी करिब एक घण्टा चलेको थियो । दुवै पक्षले हार्दिकताका साथ कुराकानी भएको जनाएका छन् । अमेरिकी रक्षामन्त्री अस्टिनले कुनै असमझदारीको अवस्था उत्पन्न हुन नदिन चिनियाँ सेनासँग पूर्ण रूपमा सञ्चार संयन्त्र खुला राखिनुपर्नेमा जोड दिएका जनाइएको छ ।

मे महिनाको अन्त्यमा ताइवानी आकाशमा चीनले ३० वटा लडाकु विमानहरू उडाएपछि ताइवानले युद्धक विमानहरू परिचालन गर्दै चीनलाई चेतावनी दिएको थियो । चीन र ताइवान सन् १९४० को गृहयुद्धको समयमा विभाजित भएका हुन् । तर बेइजिङले आवश्यक परेको खण्डमा बल प्रयोग गरेर ताइवानलाई आफ्नो मूल भूमिमा गाभ्ने बताउने गरेको छ । तीन लाख सक्रिय सुरक्षाकर्मी रहेको ताइवानको आफ्नै संविधान छ र नेताहरू लोकतान्त्रिक रूपमा निर्वाचित हुन्छन् । तर ताइवानलाई निकै कम देशहरूले मात्र मान्यता दिएका छन् । एजेन्सी

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...