‘कम्युनिष्ट र प्रजातान्त्रिक शक्ति मिल्दा राजनीति सङ्लिन्छ’

Published on

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कम्युनिष्ट र प्रजातान्त्रिक शक्ति मिल्दा धुमिलिएको राजनीति सङ्लो बन्ने बताउनुभएको छ ।

पुष्पलाल स्मारक समिति विराटनगरले सोमबार आयोजना गरेको पुस्पलाल स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले खेलेको भूमिका र संघर्षकै कारण राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताउनुभयो । वामपन्थी र प्रजातान्त्रिक पार्टी मिलेर निरंकुशता ढाल्नु पर्छ भन्ने विचार पुष्पलालको भएको भन्दै मुख्यमन्त्री कार्कीले त्यसकै जगमा २०३६ सालको विद्यार्थी आन्दोलन र २०४६ सालको जनआन्दोलन सफल बनेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था राजनीतिक प्रणालीको उपज भएको बताउँदै परिवर्तनका लागि वामपन्थी र प्रजातान्त्रिक दल मिल्नु समयको आवश्यक्ता भएको दावी गर्नुभयो । उहाँले पछिल्लो सहकार्यले संविधानलाई अझ परिस्कृत पार्दै राजनीतिलाई सङ्ल्याउँदै लैजान योगदान गर्ने बताउनुभयो ।

कार्यक्रममा १०१ वर्षीय वामपन्थी कार्यकर्ता नरबहादुर लिम्बूलाई १० हजार नगदसहित सम्मान गरिएको थियो । यसैगरी पुष्पलाल स्मारक समितिले आयोजना गरेको खुला कविता प्रतियोगिताका विजेतालाई समेत पुरस्कृत गरिएको थियो । प्रतियोगितामा प्रथम हुने मोरङकी कवि लक्ष्मी रायमाझी, द्वितीय हुने नुवाकोटका सुजन डोटेल तृतीय हुने विराटनगरका रीता पाठक तथा सान्त्वना पुरस्कार प्राप्त गर्नेहरु सुनसरीका युवराज दाहाल र विराटनगरका लक्ष्मी घिमिरे रेग्मीलाई पुरस्कार प्रदान गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

काठमाडौं । फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९...

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ

काठमाडौं । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको...

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने

काठमाडौं । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने...