नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैनः प्रधानसेनापति शर्मा

Published on

काठमाडौं ३ असार । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको बताएका छन्। एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा जवाफ दिदै शर्माले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी)नेपालको हितमा नभएको बताएका हुन्। मिडियामा जे विषय कुरा आए पनि त्यसमा सत्य छैन र नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने उनले स्पस्ट पारे । सैन्य गठबन्धनसम्बन्धी अमेरिकी अधिकारीहरुलाई जानकारी दिइसकेको र शर्माले नेपाली सेनाले शान्ति स्थापनार्थ खटिएका टोलीको निरीक्षणका लागि अमेरिकाको भ्रमण गर्न लागेको उनले जानकारी दिएका छन् ।

अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतिमा एसपीपी सम्बन्धी पत्र पठाइएकोबारे प्रधानसेनापति शर्माले उक्त कुरा स्वीकार गरेका छन् । पत्रमा सैन्य गठबन्धनका लागि नलेखिएको र सेनाले लेखेको पत्र बाहिरी चर्चामा आएको सत्य भएको तर चिठीमा सैन्य अलाएन्स नलेखिएको उनको भनाई छ । । भूकम्पको बेला मानवीय सहायताका लागि मात्र भनेर पत्र लेखिएको उनले बताए ।
सैन्य गठबन्धनमा सहभागी हुने भन्ने कुरामा सत्य छैन आफूले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई जानकारी गराई सकेको समेत उनले समितिमा जानकारी गराएका छन् ।

spot_img

ताजा समाचार

टी–२० विश्वकप : अस्ट्रेलिया जिम्बाबेसँग स्तब्ध

काठमाडौं । उपाधि दावेदार अस्ट्रेलिया आइसिसी टी–२० विश्वकपमा समूह चरणको आफ्नो दोस्रो खेलमा जिम्बाबेसँग...

मिनी म्याराथनमा बकैयाका गोले प्रथम

काठमाडौं । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा भएको प्रथम बागमती खुला मिनी म्याराथन (दौड) प्रतियोगितामा...

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावित : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह...

बालमैत्री गण्डकी प्रदेश निर्माण गर्ने प्रतिबद्धता

काठमाडौं । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बालमैत्री...