निष्पक्ष र स्वतन्त्र पत्रकारितामा जोड

Published on

काठमाडौँ । नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा जिल्लाका प्रबुद्ध व्यक्तिहरूले निष्पक्ष र स्वतन्त्र पत्रकारिता गर्न सुझाव दिनुभएको छ। कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले जिल्लामा रचनात्मक पत्रकारिताको खाँचो रहेको बताउँदै, समाजमा हुने विकृति, विसंगति र राम्रा काम उजागर गर्न पत्रकारिताको भूमिका महत्त्वपूर्ण भएको औँल्याउनुभयो। उहाँले भने, “निष्पक्ष र स्वतन्त्र पत्रकारिता आजको आवश्यकता हो, सञ्चार क्षेत्रले जिल्लाको विकासमा ठुलो योगदान दिन सक्छ।”

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले पत्रकारिता चौथो राज्य अंग भएकोले सत्य र तथ्यमा आधारित सामग्री मात्र प्रस्तुत गर्नुपर्ने बताउनुभयो। उहाँले गलत जानकारी मिडियामा आउँदा समाजमा भ्रम फैलिन सक्ने भएकाले पत्रकारहरूले जिम्मेवार काम गर्नुपर्नेमा जोड दिनुभयो।

यसैगरी, रास्वपा हुम्लाका सभापति नरजित दमाईले सरकारका राम्रा र नराम्रा कामको उजागर गर्न पत्रकारिताले भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले सरकारलाई रचनात्मक सुझाव दिन पत्रकारिता क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभयो। कार्यक्रम नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतको अध्यक्षतामा सम्पन्न भएको थियो। यसअघि, महासंघले लोकतन्त्र चोकबाट प्रभातफेरी आयोजना गरी, जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई पोषणयुक्त खानेकुरा वितरण गरेको थियो। गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...