जोखिमपूर्ण तुइन यात्रा, विद्यार्थी र सर्वसाधारण मर्कामा

Published on

काठमाडौं ५ असार । सरकारले २०७२ सालमा तुइन विस्थापन कार्यक्रम ल्याउँदा रुकुम पश्चिमका खिमबहादुर नेपालीलाई भेरी तर्न अब तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्दैन भन्ने लागेको थियो । आठबीसकोट नगरपालिका १४ निवासी नेपालीलाई सात बर्षसम्म पनि घर नजिकको तुइनबाट भेरी तर्नैपर्ने बाध्यता छ ।

जाजरकोटका ज्ञानबहादुर घर्तीलाई पनि त्यो बेला दुई वर्षमै तुइन हटेर झोलुङ्गे पुलबाट आउजाउ गर्न पाइने रहर जागेको थियो । अहिलेसम्म पनि पायक पर्ने ठाउँमा झोलुङ्गे पुल बन्दा तुइनकै भरमा भेरी तर्नुपरेको छ ।जाजरकोटको नलगाड नगरपालिका १ ठूला बगरदेखि रुकुम पश्चिमको आठविसकोट नगरपालिका १४ छोटेबगर जोड्न तुइनकै सहारा लिनुपर्ने बाध्यता स्थानीयको छ । यहाँका करिब तीन सय घरधुरीका जनताको तुइन छाडेर झोलुङ्गे पुल तर्ने रहर अझै पूरा हुनसकेको छैन ।

ज्ञानबहादुरले पढ्न जाने आउने विद्यार्थी, किनमेलको लागि आउजाउ गर्ने सर्वसाधारण सबैले यही पुल तर्नैपर्ने बाध्यता रहेको बताए । सरकारले ल्याएको कार्यक्रम सुनेको तर आफूहरुले उपभोग गर्न नपाएको उनको गुनासो छ ।आठबिसकोट नगरपालिका १४ का वडा अध्यक्ष हुकुमबहादुर पुनले तुइनकै सहारामा त्यहाँका स्थानीयले आउजाउ गरिरहेको जानकारी दिए । १८ वर्ष पहिला स्थानीयले बनाएको तुइनबाटै बिद्यार्थी र सर्वसाधारणले आउजाउ गर्नुपरेको उनले बताए ।

‘बजार आउजाउ गर्ने, विद्यालय पढ्न जाने, उपचारका लागि अस्पताल जाने, मेलापात जाने सबैले तुइनबाटै आउजाउ गर्छन्’, वडा अध्यक्ष पुनले भने, ‘१८ वर्ष पुरानो तुइन झन् जोखिमपूर्ण अवस्थामा पुगेको छ ।’जाजरकोटको ठूलाबगर र रुकुम पश्चिमको छोटेबगर आउजाउ गर्ने यहाँ करिब तीन सय घरधुरी छन् । दैनिक एकसय जति विद्यार्थी आउजाउ गर्छन् । यो ठाउँभन्दा १ किलोमिटर टाढा झोलुङ्गे पुल रहेको तर अपायक भएको वडा अध्यक्ष पुनले उल्लेख गरे। स्थानीय सरकार आएपछि तुइनको समस्या समाधान हुने आशा बोकेका स्थानीयवासी निराश भएका छन् ।

झोलुङ्गे पुल अति आवश्यकता छ भनेर स्थानीय सरकारलाई प्रस्ताव पठाउँदा आश्वासन मात्रै पाउने गरेको बताइएको छ । झोलुङ्गे पुलसँगै यस क्षेत्रमा सडक, स्वास्थ्य र विद्यालयको समेत आवश्यकता खड्किएको छ । गोरखापत्र ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...