वडा कार्यालयद्धारा सरसफाई कार्यक्रम

Published on

शम्भु प्रसाद भट्ट, महेन्द्रनगर ३२ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका १३ स्थित वडा कार्यालयद्धारा सरसफाई कार्यक्रम गरिएको छ । वडाले वडाको महेन्द्रनगर बजार देखि दोधरा चाँदनी झोलुङ्गे पुल जाने सडक खण्डको केही क्षेत्रमा सरसफाई कार्यक्रम गरेको हो । प्रत्येक महिनाको अन्तिम शनिवार वडाले प्रत्येक टोलका टोल समिति तथा स्थानिय नागरिकको प्रत्यक्ष सहभागितामा सरसफाई कार्यक्रम गर्ने गरि सरसफाई कार्यक्रम सुरु गरिएको वडाध्यक्ष राम बहादुर बोहराले जानकारी दिए ।

बोहराका अनुसार झोलुङ्गे पुल सडकखण्ड छेउछाउमा हुर्किएको झारपात, अव्यवस्थित तवरले राखिएको बालुवा, गिट्टी, ढुङ्गा र सडक किनारको फोहरलाई हटाइएको छ । उनका अनुसार उक्त सडकमा सवारी साधनको चाप एकदमै हुने भएकोले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै फोहर सँगै अन्य कुराहरुलाई पनि हटाइएको छ । सरसफाई कार्यक्रममा स्थानिय नागरिक, जनप्रतिनिधि, सुरक्षा कर्मी लगायत विभिन्न सरोकारवाला निकायको उपस्थिती रहेको थियो । आगामी दिनमा पनि वडाले सरसफाई कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...