वडा कार्यालयद्धारा सरसफाई कार्यक्रम

Published on

शम्भु प्रसाद भट्ट, महेन्द्रनगर ३२ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका १३ स्थित वडा कार्यालयद्धारा सरसफाई कार्यक्रम गरिएको छ । वडाले वडाको महेन्द्रनगर बजार देखि दोधरा चाँदनी झोलुङ्गे पुल जाने सडक खण्डको केही क्षेत्रमा सरसफाई कार्यक्रम गरेको हो । प्रत्येक महिनाको अन्तिम शनिवार वडाले प्रत्येक टोलका टोल समिति तथा स्थानिय नागरिकको प्रत्यक्ष सहभागितामा सरसफाई कार्यक्रम गर्ने गरि सरसफाई कार्यक्रम सुरु गरिएको वडाध्यक्ष राम बहादुर बोहराले जानकारी दिए ।

बोहराका अनुसार झोलुङ्गे पुल सडकखण्ड छेउछाउमा हुर्किएको झारपात, अव्यवस्थित तवरले राखिएको बालुवा, गिट्टी, ढुङ्गा र सडक किनारको फोहरलाई हटाइएको छ । उनका अनुसार उक्त सडकमा सवारी साधनको चाप एकदमै हुने भएकोले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै फोहर सँगै अन्य कुराहरुलाई पनि हटाइएको छ । सरसफाई कार्यक्रममा स्थानिय नागरिक, जनप्रतिनिधि, सुरक्षा कर्मी लगायत विभिन्न सरोकारवाला निकायको उपस्थिती रहेको थियो । आगामी दिनमा पनि वडाले सरसफाई कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...