मालीमा आतङ्ककारी हमलाबाट सैनिक र सर्वसाधारण मारिए

Published on

काठमाडौं २३ साउन । मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर चारजना सैनिकको ज्यान गएको छ । त्यहाँका चारजना सैनिक मारिएका मालीको सैनिक सङ्गठनद्धारा आइतबार प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो । साथै सो हमलामा परेर अरु २ जना सर्वसाधारण पनि मारिएका छन् । सैनिकहरुको गस्तीमा मालीमा रहेको एक आतङ्ककारी समूहले बम हमला गरेको थियो ।

सो हमलापछि गस्तीमा रहेको मालीको सेनाले पनि आक्रमण गरेको थियो । उक्त आक्रमणमा पाँचजना सो समूहका सदस्य पनि मारिएका छन् । मालीको सैनिकले प्रकाशन गरेको विज्ञप्तिमा सो समूहले मालीको सैनिक गस्तीमा हमला गरेको र त्यसपछि मालीको सैनिकले पनि जवाफी फायर गरेको तथा त्यसमा परी आतंककारी समूहका पाँच जना सदस्य मारिएको बताइएको छ । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...