लडाईं तयारी परीक्षण गर्न ताइवानको सैन्य अभ्यास

Published on

काठमाडौं २३ साउन । ताइवानको सेनाले युनिटहरूको लडाईं तयारीका लागि मंगलबार र बिहीबार पिंगटुङ काउन्टीमा योजनाबद्ध रुपमा लाइभ–फायर आर्टिलरी अभ्यासहरू सञ्चालन गर्ने भएको छ । काउन्टीको फोङग्याङ नजिकै हुने अभ्यासमा ७८ वटा १५५ एमएम स्व–चालित तोप र छ वटा १२० एमएमको सानो तोपहरू समावेश हुने ताइवानको पत्रिका ताइपेई टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ । तिनीहरू आठौं आर्मी कोप्र्सको ४३ औं आर्टिलरी कमाण्ड र ३३३औँ मेकानाइज्ड इन्फन्ट्री ब्रिगेड, हुआलियन तथा ताइतुङ काउन्टीहरूमा रक्षा कमाण्डहरू र तटरक्षकहरूद्वारा सञ्चालन हुने बताइएको छ । सेनाले सेप्टेम्बर ५ मा पिंगटुङमा पनि वार्षिक अभ्यास गर्दै छ । जसमा संयुक्त हतियार बटालियनहरू, लडाईं वाहनहरू, बख्तरबंद वाहनहरू र साना तोपहरू समावेश हुनेछन् ।

सेनाको एएच वान डब्लु सुपर कोब्रा र एएच ६४अपाचे हेलिकप्टर अभ्यासको क्रममा तैनाथ गरिने गोपनीय स्रोतलाई उदृत गर्दै ताइपेई टाइम्सले जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए)ले ताइवान वरपरका छवटा सामुद्रिक क्षेत्रहरूमा चारदिनको लाइभ फायर अभ्यास गरेपछि ताइवानले सैन्य अभ्यासको घोषणा गरेको हो । तर, चीनले आजै फेरि नयाँ लाइभ फायर अभ्यासको घोषणा गरेको छ । तर, अभ्यास कहाँ र कहिलेदेखि गर्ने भन्नेबारे कुनै जानकारी दिएको छैन । ताइपेई टाइम्स

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...