लडाईं तयारी परीक्षण गर्न ताइवानको सैन्य अभ्यास

Published on

काठमाडौं २३ साउन । ताइवानको सेनाले युनिटहरूको लडाईं तयारीका लागि मंगलबार र बिहीबार पिंगटुङ काउन्टीमा योजनाबद्ध रुपमा लाइभ–फायर आर्टिलरी अभ्यासहरू सञ्चालन गर्ने भएको छ । काउन्टीको फोङग्याङ नजिकै हुने अभ्यासमा ७८ वटा १५५ एमएम स्व–चालित तोप र छ वटा १२० एमएमको सानो तोपहरू समावेश हुने ताइवानको पत्रिका ताइपेई टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ । तिनीहरू आठौं आर्मी कोप्र्सको ४३ औं आर्टिलरी कमाण्ड र ३३३औँ मेकानाइज्ड इन्फन्ट्री ब्रिगेड, हुआलियन तथा ताइतुङ काउन्टीहरूमा रक्षा कमाण्डहरू र तटरक्षकहरूद्वारा सञ्चालन हुने बताइएको छ । सेनाले सेप्टेम्बर ५ मा पिंगटुङमा पनि वार्षिक अभ्यास गर्दै छ । जसमा संयुक्त हतियार बटालियनहरू, लडाईं वाहनहरू, बख्तरबंद वाहनहरू र साना तोपहरू समावेश हुनेछन् ।

सेनाको एएच वान डब्लु सुपर कोब्रा र एएच ६४अपाचे हेलिकप्टर अभ्यासको क्रममा तैनाथ गरिने गोपनीय स्रोतलाई उदृत गर्दै ताइपेई टाइम्सले जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए)ले ताइवान वरपरका छवटा सामुद्रिक क्षेत्रहरूमा चारदिनको लाइभ फायर अभ्यास गरेपछि ताइवानले सैन्य अभ्यासको घोषणा गरेको हो । तर, चीनले आजै फेरि नयाँ लाइभ फायर अभ्यासको घोषणा गरेको छ । तर, अभ्यास कहाँ र कहिलेदेखि गर्ने भन्नेबारे कुनै जानकारी दिएको छैन । ताइपेई टाइम्स

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...