इजरायलले एक हजार श्रमिक लैजाने

Published on

काठमाडौं ३१ साउन। इजरायल सरकारले कृषि क्षेत्रका लागि नेपालबाट एक हजार श्रमिक लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच सोमबार मन्त्रालयमा भएको भेटका क्रममा गोदेरले सोबारेमा जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार भेटका क्रममा विशेष गरी दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ । छलफलमा राजदूत गोदेरले इजरायल सरकारले एक हजार नेपाली श्रमिक कृषि कामका लागि लैजाने विषयमा टुङ्गो लगाएको जानकारी दिए ।

साथै भेटका अवसरमा मन्त्री कुँवरले सहायक कामदारका रूपमा छनोटमा परेर करिब पाँच सय नेपाली युवा इजरायल जान बाँकी रहेकाले उनीहरूलाई छिटोभन्दा छिटो इजरायल लैजाने वातावरण बनाइदिन राजदूत गोदेरलाई अनुरोध गरे।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...