जुम्लामा रैथाने परिकारको प्रदर्शनी मेला

Published on

काठमाडौं । जुम्लामा उत्पादन हुने अर्गानिक रैथाने बालीबाट बन्ने परिकारको एक दिने मेला सम्पन्न भएको छ । रैथाने बालीबाट बनेका परिकार र यसको महत्वका बिषयमा उजागार गर्न कृषि जैविक विविधता र खाद्य परिकार प्रदर्शनी मेला आयोजना गरिएको हो । मेलामा अर्गानिक खाद्यन्न, परिकार, औषधीजन्य गुण भएका जडीबुटीदेखि रैथाने बालीबाट बनेका विभिन्न परिकारको प्रदर्शनी गरिएको हो । जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा आयोजना गरिएको उक्त मेलाको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थानीय अर्गानिक पिठोको सेलरोटी हालेर मेलाको सुरुवात गर्नुभएको थियो । उहाँका अनुसार ‘रैथानेबाली अहिले लोप हुने अवस्थामा छ । बाहिरबाट आउने विषादी मिसावट भएको खाद्यन्न खाइरहेका छौं । यो प्रदर्शनी किसानलाई रैथाने बालीको उत्पादन गर्न हौसला दिने विश्वास छ ।’ किसानले उत्पादन गर्ने, स्थानीय सरकारले बजार खोज्ने र व्यापारीले बजारमा लैजाने वातावरण सिर्जना गर्न प्रदर्शनीले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । 

चन्दननाथ नगरपालिका जुम्लाको आयोजना तथा जिल्ला कृषि विकास कार्यालय जुम्लाको समन्वयमा यहाँ उत्पादन हुने पोषिला रैथाने अर्गानिक बस्तुको उत्पादन, संरक्षण, प्रवर्धन र बजारीकरणमा थप सहज गर्न मेलाको आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । सो अवसरमा जिल्ला समन्वय प्रमुख आचार्यसहित चन्दननाथ नगरपालिकामा नगरप्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्का सहित सरोकारवाला निकाय र स्थानीयले मेलाको अवलोकन गरेका थिए । रैथाने परिकारको प्रदर्शनको क्रममा स्थानीय महिला समूहबाट देउडा प्रतियोगिता गरिएको थियो । देउडा मार्फत रैथाने परिकार, पोषिलो तथा अर्गानिक खानाका विषयमा सन्देश दिइने काम गरिएको थियो । गोरखापत्र   

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...