टेलिकमले आजदेखि निःशुल्क इ–सिम वितरण गर्दै

Published on


काठमाडौं– नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।

हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने छ । नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ–सिम उपलब्ध गराइने छ । नयाँ प्रिपेड लिन चाहने ग्राहकलाई तत्काललाई इ–सिम उपलब्ध नभए पनि निकट भविष्यमै उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फाराम भरेर बुझाउनुपर्नेछ । इ–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन

spot_img

ताजा समाचार

राजनीतिक अस्थिरताबिच लिबियाको तेल उत्पादनमा सुधार

 काठमाडौं । लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल...

गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । नेपालको संविधानको धारा...

‘कलाकार सागर लम्साल ‘बले’माथि अनुसन्धान जारी’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको...

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ,...