गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

Published on

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाको चालु अधिवेशन आइतबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गर्नुभएको हो । गण्डकी प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै प्रदेश प्रमुखले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेको जानकारी दिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ । 

गण्डकी प्रदेश सभाको आठौं अधिवेशन यही चैत ८ गते सुरु भएको थियो । गण्डकी प्रदेशमा जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक हिउँदे अधिवेशनबाट पारित भएका छन् । प्रदेश सभा सचिवालयका शाखा अधिकृत शशिधर सुवेदीले अहिले समितिमा दुई विधेयक छलफलका क्रममा रहेको जानकारी दिनुभयो । औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा प्रदेश खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाका समितिहरूमा छलफलका क्रममा छन् । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...