तीन दिनदेखिको लगातार वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध

Published on

कैलाली – तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ । वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको भात्काडासम्म राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अहिले डोजर प्रयोग गरेर कैलालीको सहजपुर क्षेत्रसम्मको पहिरो हटाइ सकिएको छ । अन्य स्थानमा पनि पहिरो हटाउने काम जारी रहेको र पहिरो हटाउँदै सवारी साधन गन्तव्यतिर पठाउने काम भइरहेकोे छ ।

कैलालीको खानीडाँडामा आएको पहिरो हटाएर सहजपुरसम्म यातायात चालु गरिएको र उता डडेल्धुरा क्षेत्रबाट पनि पहिरो हटाउने काम जारी रहेको उक्त कार्यालयले जनाएको छ ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...