गुराँस ठकुरीको देउडा गीत “लाई पिर्ता अधुरी रैगै” सार्वजनिक

Published on

काठमाडाैं- सुदूरपश्चिमकी चर्चित टिकटक भाइरल नव गायिका गुराँस ठकुरी र गायक तोयनाथ भट्टको देउडा गीत “लाई पिर्ता अधुरी रैगै” सार्वजनिक भएको छ । निरन्तर मिडिया प्रा.लि.को प्रस्तुतीमा रहेको उक्त देउडा गीत निरन्तर मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

उक्त गीतमा तोयानाथ भट्ट र गुराँस ठकुरीले स्वर दिएका छन् भने लय गायक तोयनाथ कै रहेको छ । कुशुम डिजिटल रेकर्डिङ स्टुडियो अत्तरीयामा उक्त गीत रेकर्डिङ गरेको छ भने उक्त गीतलाई शेरबहादुर बोहराले मिक्सिङ गरेका छन् ।
निर्मल भण्डारी र कान्ति अवस्थीको शब्द रहेको उक्त लाई पिर्ता अधुरी रैगै गीतमा निक्कै मार्मिक शब्द समेटिएका छन् । प्रेम अधुरो रहेको, टाढा नजाउ, एकचोटी छुट्टिने बेला हेरिजाउ लगायतका ह्दयस्पर्शी शब्द समावेश गरेका छन् । उक्त गीतलाई दर्शकले मनपराउने गायक गायिकाहरुले विश्वास लिएका छन् ।

गुराँस ठकुरी कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिकाकी स्थानीय हुन् । उनी टिकटकमा देउडा गीत, गाउँबेसीमा गाइने गीत, झोडो, फाग, सगुन लगायत गाउँघरमा मेलापातमा गाईने स्थानीय शब्दहरु समेटिएका गीतहरु गाएर उनलाई दर्शकहरुले निक्कै मन पराएका थिए । फरक फरक भाकामा गीत गाउन लगाएर उनको प्रतिभाको उच्च मूल्यांकन गरेका थिए । उनको प्रतिभा देखेर उनलाई चर्चित देउडा गायक तथा हाँस्यकलाकार भानुभक्त जोशीले पनि सांगितिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । गायक जोशीले निरन्तर मिडियाबाट उत्पादक तथा वितरकमा सहयोग गरेका छन् ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...