उपत्यका छाड्ने सवारीको यान्त्रिक परीक्षण सुरु

Published on

काठमाडौं । उपत्यकाबाट बाहिर जाने सवारी साधनको यान्त्रिक परीक्षण गर्ने कार्य सुरु भएको छ । आइतबारदेखि दशैको अवसरमा सवारीसाधनबाट घर जाने यात्रुहरूको भीडलाई लाग्न थालेसँगै सुरक्षित यात्राका लागि यान्त्रिक परीक्षण सुरु गरिएको हो ।

काठमाडौँ छाड्ने यात्रुहरूलाई सुरक्षितसँग गन्तव्यमा पुर्‍याउनका लागि सवारीको यान्त्रिक परीक्षण आवश्यक रहेको भन्दै यातायात व्यवस्था विभागले परीक्षणको दायरा बढाएको सूचना अधिकारी ईश्वरी दत्त पनेरुले जानकारी दिए । काठमाडौँको गोङ्गबु बसपार्क र टेकुबाट लामोदुरुमा सञ्चालन हुने सवारीसाधनको नियमित रूपमा परीक्षण सुरु गरिएको विभागले जनाएको छ ।लामो रुटमा चल्ने सवारी साधनमा केही फल्ट हुन सक्ने भएकाले परीक्षण पश्चात् सवारी गुडाउँदा बाटोमा सवारी बिग्रिने र यात्रुले अनावश्यक दुःख झेल्नु पर्ने, दुर्घटनाबाट सयौँले अकालमै ज्यान गुमाउनु पर्ने जस्ता समस्या परीक्षणबाट हट्ने विभागले जनाएको छ ।यातायात व्यवस्था विभागको प्राविधिक टोलीले आइतबार देखि नयाँ बसपार्क र टेकुबाट परीक्षण सुरु गरेको छ । यातायात व्यवसायी र चालकलाई सवारी अनिवार्य रूपमा परीक्षण गराएर मात्र यात्रा गर्न विभागले आग्रह गरेको छ ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...