साफ महिला फुटबलको खेल तालिका सार्वजनिक

Published on

काठमाडौं । दक्षिण एसिया फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

दशरथ रङ्गशालामा अक्टोबर १७ देखि ३० तारिखसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग परेको छ । साफले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार समूह ‘बी’ मा रहेको नेपालले अक्टोबर २१ मा माल्दिभ्स र २४ तारिख श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै समूह ‘ए’ मा साबिक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले लगातार तेस्रो पटक महिला साफ आयोजना गर्न लागेको हो । यसअघि सन् २०१९ र २०२२ मा पनि महिला साफ नेपालले आयोजना गरेको थियो । अघिल्लो संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...