काठमाडौँ ९ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. बस्नेतको चुनाव चिन्ह ‘माछा’

Published on


काठमाडौँ – काठमाडौँ क्षेत्र नं. ९ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. ज्ञान बस्नेतले ‘माछा’ चुनाव चिन्ह पाएका छन् ।

बुधबार आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा डा. बस्नेतले ‘माछा चुनाव चिन्ह पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चुनावचिन्ह पाएपछि डा. बस्नेतले चुनावी अभियानलाई झन तिव्रता दिने बताएका छन् । उपहारखबरसँग संक्षिप्त प्रतिक्रिया दिदै डा. बस्नेतले भने, ‘अब हाम्रो अमुल्य मत यो राष्ट्र–भुगोल बचाउँने अस्त्र बन्नु पर्छ । संस्कारको राजनितिको सुत्रपात र राष्ट्रिय स्वाधिनताको रक्षा र हरेक खालको अन्याय र अत्याचारको बिरुद्दमा लड्नको लागि, आवाज उठाउँनको लागी काठमाडौं क्षेत्र न. ९ का आम मतदाताहरुलाई ‘माछा’ चुनाव चिन्हमा मतदान गर्न अपिल गर्दछु ।’

आफुलाई हार्ने छुन नभएको डा. बस्नेतको भनाई छ । ‘हाम्रो पुस्तालाई हार्ने छुट छैन, हामी हारेमा हाम्रो सभ्यता हार्छ, अर्को पुस्ता हार्नेछ ।’ डा. बस्नेतले भने, ‘ हजार पटक सोचेर मात्रै मतदान गरौं ।’ देशलाई नयाँ सिराबाट अगाडी बढाउन विज्ञ र अनुभवी व्यक्तिहरुलाई मात्र मतदान गर्न समेत उनले आग्रह गरे ।

spot_img

ताजा समाचार

राजनीतिक अस्थिरताबिच लिबियाको तेल उत्पादनमा सुधार

 काठमाडौं । लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल...

गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । नेपालको संविधानको धारा...

‘कलाकार सागर लम्साल ‘बले’माथि अनुसन्धान जारी’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको...

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ,...