पाँच वर्षभित्र जोगबुढा नदीमा दुई लेनको पक्की पुल बनाउँछौं : रमेश लेखक

Published on

महेन्द्रनगर – नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर–३ का सत्ता गठबन्धनका साझा उम्मेदवार रमेश लेखकले जोगबुढा नदीमा दुई लेनको पक्की पुल बनाउने बताएका छन् । आसन्न मंसिर ४ मा हुने निर्वाचनका लागि सोमबार घरदैलो अभियानका क्रममा लेखकले पाँच वर्षपछिको निर्वाचनमा जोगबुढा नदीमा दुई लेनको पक्की पुल बनाएर मोटर चढेर भोट माग्ने आउने बताए ।
‘जोगबुढा नदीमा बनेका पक्की पुल मै मन्त्री हुँदा बजेट हालेर बनाएँ । तर अहिले एमालेहरू भ्रम छर्दै हामीले बनाएको भन्दैछन् भन्ने सुन्छु,’ उनले भने । स्थानीय स्तरमा जोगबुढा नदीको कटान नियन्त्रण ठुलो समस्याका रूपमा देखिएको बताउँदै उनले भारतसँग उत्तर–पश्चिममाको सीमा शून्य बिन्दुदेखि वडा नम्बर ३ सम्म तटबन्ध निर्माण आफू मन्त्री हुँदा गरेको बताए ।

‘२०७४ मा बेलबहादुर रानाजी र म चुनाव हार्दा त्यो तटबन्ध निर्माण पनि त्यही रोकियो,’ उनले भने, ‘मंसिर ४ को निर्वाचनमा हामी दुवैलाई जिताउनुहोस्, कुतियाकवरसम्म नदी नियन्त्रणका लागि बाँध बनाएर बस्ती सुरक्षित गर्ने जिम्मा हाम्रो भयो ।’ २०७० सालको संविधानसभाको निर्वाचनका बेला दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर क्षेत्रमा भोट माग्न जाँदा लेखक जोगबुढा नदीमा किस्ती चढेर पुगेका थिए ।

‘२०७० सालमा यहाँ भोट माग्न आउँदा किस्ती चढेर जोगबुढा तरेर आवतजावत गर्दा तपाईँहरूले झोलुङ्गे पुल माग गरेको सम्झना छ,’ लेखकले भने । उनले अगाडि भने, ‘मैले त्यही बेला यहाँ झोलुङ्गे पुल बनाउन नसके अर्को पाली भोट माग्न आउँदैनन् भनेको थिए, आज हामी त्यही बनाएको झोलुङ्गे पुल तरेर पुनः भोट माग्न आएका छौं ।’

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...