महेन्द्रनगर – गत स्थानीय तह निर्वाचनमा दोधाराचाँदनी नगरपालिका ७ स्थित कञ्चभाेजबाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका बीर बहादुर सुनार सहित १ सय बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
एक कार्यक्रमका विच नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री रमेश लेखकले सुनार सहित अन्य १ सय ५८ जनालाई काङ्ग्रेस प्रवेश गराएका हुन् । काङ्ग्रेस प्रवेश गर्ने क्रममा सुनारले दलित, विपन्न, सीमान्तकृत, महिला, आदिवासी, जनजाति, विपन्न समुदायको हितमा रहेको सत्ता गठबन्धनका उम्मेदवार जिताउनकाे लागि काङ्ग्रेस प्रवेश गरेकाे उनले बताए ।
दाेधरा-चाँदनीमा स्वतन्त्र उम्मेदवार सहित डेढ सय बढी काङ्ग्रेस प्रवेश
Published on
