स्याङजा र बाजुरामा कांग्रेसको अग्रता

Published on

काठमाडाैँ – केहि विवादका कारण मतगणना रोकिएपछि गणनामा ढिलाई भएका क्षेत्र स्याङजा र बाजुरामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । स्याङजामा एमालेकी पद्मा अर्याललाई पछि पार्दै कांग्रेस उपसभापति धनराज गुरुङ अग्रस्थानमा देखिएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत स्याङजा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ १५८०५ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार पद्‍माकुमारी अर्याल १३५६७ मतका साथ दोस्रो स्थानमा छिन् ।

यस्तै बाजुरा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे ५४१९ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कर्णबहादुर थापा ४१२९ मतका साथ दोस्रो स्थानमा छन् ।

spot_img

ताजा समाचार

चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड

काठमाडौं । नासाको आर्टेमिस अभियान अन्तर्गत अन्तरिक्ष यात्रीको टोली आइतबार चन्द्रमाको वरिपरि ‘स्लिङ्गशट’ मार्गमा...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । रामपुर नगरपालिका-३, गैलुकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा...

सूर्यतारा सिमेन्ट उद्योग : निर्माणको काम अघि बढाइँदै

काठमाडौं । सूर्यतारा सिमेन्ट उद्योग निर्माणको काम अघि बढाउन लागिएको छ । यसअघि नै...

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

काठमाडौं । इजरायली फायर फाइटरले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा मिसाइल प्रहारपछि दुई...