कपुरकोटमा अटो दुर्घटना हुँदा पाँच जना घाइते

Published on

काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिक अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।बिहीबार बिहान करिब ११ : २० बजे किमुचौरबाट मुलपानीतर्फ जाँदै गरेको (अस्थायी) म.प्र.०३००३ स ४०१५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । घाइते हुनेमा चालक कपुरकोट९४ किमुचौर निवासी ३८ बर्षिय टिकाराम राना , ७२ वर्षीय डिलबहादुर सुनार, ३८ बर्षिय सागर एरी , ४४ वर्षीय टोपबहादुर ऐरी र भारत उत्तर प्रदेश घर भई भाँडा बेच्दै हिँड्ने करिब ५२ वर्षीय सफि अहमद रहेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ ।

प्रहरीका अनुसार सुनार र अहमदको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम छ ।प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी कपुरकोट आधारभूत अस्पताल लागिएको थियो । घाइतेमध्ये चार जनालाइ थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...