चिनियाँ राष्ट्रपति सी चिनपिङको साउदी अरबियामा राजकीय भ्रमण हुँदै

Published on

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनपिङ तीनदिने साउदी अरयिबा राजकीय भ्रमणको लागि बुधबार त्यता प्रस्थान गर्नु लाग्नुभएको छ । विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश साउदी अरबियाका राजा सलमानको औपचारिक निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । विश्वव्यापी कोरोना भाइरस सङ्क्रमण फैलिएपछि उहाँको तेस्रो वैदेशिक भ्रमण र सन् २०१६ देखि साउदी अरबियामा पहिलो भ्रमण हुँदैछ । दुई देशबीचको ऐतिहासिक सम्बन्ध र रणनीतिक साझेदारी स्थापित गर्नको लागि यस भ्रमणसँगै उच्चस्तरीय शिखर सम्मेलन आयोजना हुने साउदी प्रेस एजेन्सीले मंगलबार जनाएको छ ।

सहमतिअनुसार २९२ खर्ब ६० अर्ब अमेरिकी डलर बराबर आर्थिक सहयोग चीनद्वारा साउदी अरबियालाई दिने विषयमा सम्झौतापत्र हस्ताक्षर हुनेछ । चिनिया विदेश मन्त्रालयका प्रवक्ता हु चुङयिङले राष्ट्रपति सीले साउदी अरबियामा राजकीय भ्रमण गरेर रियादमा हुने पहिलो पटकको चीन र अरब राष्ट्रहरूको सम्मेलन तथा चीन र जीसीसी सम्मेलनमा भाग लिने जानकारी दिनुभयो ।

अमेरिका र पश्चिमी शक्ति राष्ट्रहरूसँगको सम्बन्धमा चिसोपन बढ्दै गएपछि चीनले मध्यपूर्व देशहरूमा आफ्नो कूटनीतिक सम्बन्धहरूलाई गहिरो रूपमा स्थापित गरिरहेको छ । सो शिखर बैठकमा राजा सलमानद्वारा अध्यक्षता गर्ने र राजकुमार मोहमद बिन सलमानले भाग लिने बताइएको छ । राजकुमार मोहमद बिन सलमानले रियादमा राष्ट्रपति सीलाई भव्यतापूर्वक स्वागत गर्ने कार्यक्रममा राखिएको छ । जुलाईमा भएको अमेरिकी राष्ट्रपति जो बाइडेनलाई साउदी अरबियाले मौन स्वागत गरेर उच्च प्राथमिकतामा राखेको थिएन ।

साउदी अरबियाका विश्लेषक अलि शिहावीले राष्ट्रपति सीको भ्रमणले पछिल्ला समयमा दुई देशबीच स्थापित दौत्य सम्बन्ध झन् प्रगाढ हुने विश्वास गर्नुभएको छ । अलजजिराको सहयोगमा ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...