शनिबारसम्म उम्मेदवार छान्नुपर्ने

Published on

काठमाडौं । राजनीतिक दलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि शनिबारसम्मको समयसीमा पाएका छन् । यस अवधिमा दलले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट उम्मेदवार छनोट गर्नुपर्नेछ । आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको सहायक निर्वाचन अधिकृतसमेत रहनुभएका सहसचिव यज्ञप्रसाद भट्टराईले राजनीतिक दललाई शनिबार कार्यालय समयभित्र छनोट भएका उम्मेदवारको सूची बुझाउन आग्रह गरिएको बताउनुभयो । समानुपातिकतर्फको सिट बाँडफाँटबमोजिम प्रतिनिधि सभामा सात र प्रदेश सभामा १३ राजनीतिक दलको प्रतिनिधित्व हुनेछ ।
प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी २० सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकमध्ये कुनै निर्वाचन प्रणालीमा भाग लिएन । प्रतिनिधि सभाको समानुपातिकतर्फ सो दलले १३ सिट पाएको छ ।

समानुपातिकतर्फ पाएको मतको आधारमा सिट सङ्ख्या र समावेशी समूहबाट निर्वाचित हुने उम्मेदवारको सङ्ख्या निर्धारण गरी आयोगले पत्राचार गरेको हो । आयोगले पठाएको पत्रमा राजनीतिक दलले उम्मेदवार छनोट गर्ने आधारसमेत खुलाइएको छ । आयोगले महिला, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारू र दलितको प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार छनोट गर्न आग्रह गरेको हो । साथै अपाङ्गता भएका र पिछडिएको क्षेत्रबाट यथासक्दो प्रतिनिधित्व गराउनुपर्नेछ । आयोगका सहसचिव भट्टराईले शनिबार कार्यालय समयभित्र दलले बुझाएको सूचीमा केही त्रुटि भए थप दुई दिनको समय दिएर त्रुटि सच्याउन पत्राचार गरिने बताउनुभयो । दुई पटक समय दिएर पनि त्रुटिसहितको उम्मेदवारको सूची आए त्यस्तो दलले समानुपातिकतर्फको सिट नपाउने कानुनी व्यवस्था छ । समानुपातिकतर्फको उम्मेदवारको सूची तयार गर्दा सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराउनुपर्नेछ ।
निर्वाचन आयोगले मङ्गलबार समानुपातिकतर्फको गणना सम्पन्न गरेको थियो । दलले पाएको मतको आधारमा आयोगले सोही दिन सिट बाँडफाँट गरेको हो । आयोगका अनुसार समानुपातिकतर्फ नेकपा ९एमाले०ले ३४, नेपाली कांग्रेसले ३२, नेकपा ९माओवादी केन्द्र०ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जसपा नेपाल र जनमत पार्टीले पाँचरपाँच सिट पाएका छन् ।

spot_img

ताजा समाचार

शैक्षिकसत्र अगावै तनहुँमा पर्याप्त पाठ्यपुस्तक

काठमाडौं । नयाँ शैक्षिक सत्र २०८३–८४ सुरु हुनुअगावै तनहुँमा पर्याप्त मात्रामा पाठ्यपुस्तक भित्रिएका छन्...

शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री...

मटिखान बजारमा ट्रक दुर्घटना

काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका –६ मटिखान बजारमा मालवहाक ट्रक दुर्घटनामा परेको छ ।...

क्षतिपूर्ति रकम नपाएको मृतक परिवारको गुनासो

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका –२, बिर्ताटोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक...