दिल्लीमा वायुको गुणस्तरमा कमी

Published on

काठमाडौं । चिसो बढेसँगै भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुवाँको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ । नोएडामा ३५१ तथा गुरुग्राममा १५६ एक्युआई अभिलेख गरिएको छ ।

गत बुधबार वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्लीको समग्र वायुको गुणस्तरमा सुधार भएपछि राष्ट्रिय राजधानी क्षेत्रको वायुको गुणस्तरलाई थप बिग्रनबाट रोक्ने आपत्कालीन उपाय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । केन्द्रीय सरकारले पनि वायुको गुणस्तरको समीक्षा गर्दै सुधारका उपाय इमानदारीका साथ अवलम्बन गर्न सबै सम्बद्ध निकायलायई निर्देशन दिएको थियो ।

देशको राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएपछि यही मङ्सिर १८ गते वायु प्रदूषण हुन नदिने प्रतिकार्य योजनाअन्तर्गत अस्थायीरुपमा भवन निर्माण तथा भत्काउनेलगायत काममा प्रतिबन्ध घोषणा गरेको थियो । यद्यपि, राष्ट्रिय प्रतिरक्षा, मेट्रो रेल, विमानस्थल, अस्पताल, विद्युत प्रसारणका कामलाई भने निरन्तरता दिन परिपत्र गरिएको थियो ।

शून्यदेखि एक सयसम्मको वायु गुणस्तर सूचकाङ्कलाई राम्रो मानिन्छ भने एक सयदेखि दुई सयसम्म मध्यम, दुई सयदेखि तीन सयसम्मलाई खराब, तीन सयदेखि चार सयसम्मलाई अति खराब तथा चार सयदेखि पाँच सयसम्म जा त्यसभन्दा माथिको स्थितिलाई गम्भीर मानिन्छ । एएनआई ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...