बेलायत–भारत स्वतन्त्र व्यापार सम्झौता वार्ता

Published on

काठमाडौंं । बेलायत र भारतबीच आजदेखि यहाँ स्वतन्त्र व्यापार सम्झौता वार्ता हुँदैछ । बेलायतका वाणिज्यमन्त्री केमी बाडेनोकले सोमबार आफ्ना भारतीय समकक्षी केन्द्रीय वाणिज्यमन्त्री पीयूष गोयलसँग भेटवार्ता गरेर स्वतन्त्र व्यापार सम्झौताको छैटौं चरणको वार्ता प्रारम्भ गर्नुहुनेछ ।

वाणिज्यमन्त्री बाडेनोकको भ्रमणले बेलाइत र भारतबीचको औपचारिक द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने तथा द्विपक्षीय व्यापार सम्झौता निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ । एक सातासम्म जारी रहने वार्तामा बेलाइत–भारत व्यापार सम्बन्धका सबै पक्षमा विचारविमर्श हुने वाणिज्य मन्त्रालयले जनाएको छ ।वार्ता प्रारम्भ हुनुअघि दुवै देशका प्रतिनिधिलाई मन्त्री बाडेनोकले सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले भारतका व्यापारीका आवश्यकताबारे जानकारी लिन भारतीय उद्योगव्यवसायी सङ्घका नेताहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ । यसक्रममा ‘फेयरट्रेड पेपर एण्ड प्याकेजिङ’ उत्पादन गर्ने प्लान्ट निर्माण गर्न भारतमा एक करोड पाउण्डभन्दा बढी लगानी गर्ने बेलाइती कम्पनीका पदाधिकारीसँग पनि बैठक हुनेछ ।

यसैबीच, बेलाइत उद्योग परिसङ्घका अन्तर्राष्ट्रिय निर्देशक एन्डी बर्वेलले बेलाइत–भारत स्वतन्त्र व्यापार सम्झौता द्विपक्षीय व्यापार प्रवर्द्धन तथा औद्योगिक विकासका निम्ति महत्त्वपूर्ण हुने बताउँदै त्यसमा नै बेलाइतले जोड दिने बताउनुभएको छ । पारस्परिक व्यापारलाई सन्तुलित एवम् व्यापाक तुल्याउन यथाशीघ्र सम्झौता हुनुपर्ने अभिमत उहाँले व्यक्त गर्नुभएको छ । साथै उहाँले बेलाइतका कम्पनीहरू भारतमा लगानी गर्न उत्सुक रहेका बताउनुभएको छ ।तत्कालीन प्रधानमन्त्री बोरिस जोनसन र लिज ट्रसको कार्यकालमा नै भारत र बेलाइतबीच व्यापार सम्झौता अन्तिम चरणमा पुगेको थियो तर उहाँहरूले राजीनामा दिएपछि त्यो पछि धकेलिएको थियो । रासस/एएनआई

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...