बेलायत–भारत स्वतन्त्र व्यापार सम्झौता वार्ता

Published on

काठमाडौंं । बेलायत र भारतबीच आजदेखि यहाँ स्वतन्त्र व्यापार सम्झौता वार्ता हुँदैछ । बेलायतका वाणिज्यमन्त्री केमी बाडेनोकले सोमबार आफ्ना भारतीय समकक्षी केन्द्रीय वाणिज्यमन्त्री पीयूष गोयलसँग भेटवार्ता गरेर स्वतन्त्र व्यापार सम्झौताको छैटौं चरणको वार्ता प्रारम्भ गर्नुहुनेछ ।

वाणिज्यमन्त्री बाडेनोकको भ्रमणले बेलाइत र भारतबीचको औपचारिक द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने तथा द्विपक्षीय व्यापार सम्झौता निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ । एक सातासम्म जारी रहने वार्तामा बेलाइत–भारत व्यापार सम्बन्धका सबै पक्षमा विचारविमर्श हुने वाणिज्य मन्त्रालयले जनाएको छ ।वार्ता प्रारम्भ हुनुअघि दुवै देशका प्रतिनिधिलाई मन्त्री बाडेनोकले सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले भारतका व्यापारीका आवश्यकताबारे जानकारी लिन भारतीय उद्योगव्यवसायी सङ्घका नेताहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ । यसक्रममा ‘फेयरट्रेड पेपर एण्ड प्याकेजिङ’ उत्पादन गर्ने प्लान्ट निर्माण गर्न भारतमा एक करोड पाउण्डभन्दा बढी लगानी गर्ने बेलाइती कम्पनीका पदाधिकारीसँग पनि बैठक हुनेछ ।

यसैबीच, बेलाइत उद्योग परिसङ्घका अन्तर्राष्ट्रिय निर्देशक एन्डी बर्वेलले बेलाइत–भारत स्वतन्त्र व्यापार सम्झौता द्विपक्षीय व्यापार प्रवर्द्धन तथा औद्योगिक विकासका निम्ति महत्त्वपूर्ण हुने बताउँदै त्यसमा नै बेलाइतले जोड दिने बताउनुभएको छ । पारस्परिक व्यापारलाई सन्तुलित एवम् व्यापाक तुल्याउन यथाशीघ्र सम्झौता हुनुपर्ने अभिमत उहाँले व्यक्त गर्नुभएको छ । साथै उहाँले बेलाइतका कम्पनीहरू भारतमा लगानी गर्न उत्सुक रहेका बताउनुभएको छ ।तत्कालीन प्रधानमन्त्री बोरिस जोनसन र लिज ट्रसको कार्यकालमा नै भारत र बेलाइतबीच व्यापार सम्झौता अन्तिम चरणमा पुगेको थियो तर उहाँहरूले राजीनामा दिएपछि त्यो पछि धकेलिएको थियो । रासस/एएनआई

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशन: सभापतिमा तीनसहित विभिन्न पदमा उम्मेदवारी, प्रारम्भिक सूची सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न...

भारतमा निर्वाचन आयोगविरुद्ध विपक्षीको प्रदर्शन, एसआइआरलाई लिएर विवाद चर्कियो

काठमाडौँ - भारतमा निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई लिएर राजनीतिक विवाद...

फ्रान्समा विद्यार्थी आन्दोलन देशव्यापी, २ लाख ६६ हजार सडकमा

काठमाडौँ - शिक्षा क्षेत्रमा बजेट वृद्धि, विद्यालयमा पर्याप्त स्रोतसाधन र कर्मचारी व्यवस्थालगायत माग राख्दै...

अरविन्द कुमार चौधरीलाई ‘गाँधी पीस इन्टरनेसनल मोटिभेसनल अवार्ड २०२६’ प्रदान

काठमाडौँ । सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका अरविन्द कुमार चौधरी ‘गाँधी पीस इन्टरनेसनल मोटिभेसनल...