अस्ट्रेलिया –भारतबीच स्वतन्त्र व्यापार सम्झौता लागू

Published on

काठमाडौं । अस्ट्रेलिया र भारतबिच आर्थिक सहयोग तथा व्यापार सम्झौता (ईसीटीए) बिहीबार औपचारिक रूपमा लागू भएको छ । अस्ट्रेलियाली व्यापार मन्त्री डन फरेलले भारतसँगको व्यापार सम्झौतालाई दुवै देशको अर्थतन्त्रका लागि ठूलो वरदानको रूपमा व्याख्या गर्नुभएको छ ।

सम्झौताले एक अर्ब ४० करोड जनसङ्ख्या भएको अस्ट्रेलियालाई निर्यात हुने सामानमा ८५ प्रतिशत कर हटाउने छ । सम्झौतामा अस्ट्रेलियाली वाइन र बदामलगायतका उत्पादनमा लगाइएको उच्च कर पनि घटाउने सहमति भएको छ ।

प्रिमियम वाइनका लागि बिहीबार १५० प्रतिशतबाट घटाएर ७५ प्रतिशतमा झारिएको थियो र जनवरी १ देखि ७० प्रतिशतमा कटौती गरिनेछ र एक दशकभित्र २५ प्रतिशतमा झार्ने योजना छ ।

ताजा अस्ट्रेलियाली रक लबस्टर (भिङ्गा माछा), भेडा र खसीको मासुमा लगाइएको ३० प्रतिशत कर पनि किसानका लागि ठूलो प्रोत्साहनको रूपमा हटाइएको छ । सङ्घीय सरकारका अनुसार यो सम्झौताले अस्ट्रेलियाली निर्यातकर्तालाई प्रत्येक वर्ष दुई अर्ब अस्ट्रेलियाली डलर (१.३ अर्ब अमेरिकी डलर) बचत गर्नेछ ।

“भारतको युवा जनसङ्ख्या, विविध अर्थव्यवस्था र विकासको मार्गले शिक्षा, कृषि, ऊर्जा लगायत अस्ट्रेलियाली व्यवसायहरूका लागि महत्त्वपूर्ण अवसरहरू प्रस्तुत गर्छ,” फेरेलले बिहीबार न्यूज कर्प अस्ट्रेलियामा प्रकाशित स्तम्भमा लेख्नुभएको छ ।

फरेलले बिहीबार आफू र प्रधानमन्त्री एन्थोनी अल्बानीस दोस्रो चरणको व्यापार सम्झौताका लागि मार्चमा नयाँ दिल्ली जाने सम्भावना रहेको बताउनुभएको छ । रासस/ सिन्ह्वा

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...