कोलम्बियाको युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

Published on

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले कोलम्बियामा भएको युद्धविराम सम्झौताको स्वागत गर्नुभएको छ । उहाँले आइतबार सो सम्झौताको स्वागत गर्नुभएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ । कोलम्बियामा हिंसा गरिरहेका विभिन्न पाँच ओटा सशस्त्र समूहले यहाँको सरकारसँग सम्झौता गरेर छ महिना अवधिका लागि युद्धविराम गर्नेसम्बन्धी पत्रमा हालै हस्ताक्षर गरेका थिए । कोलम्बियाका राष्ट्रपतिले नयाँ वर्ष सन् २०२३ को शुभकामना सन्देश दिने क्रममा गत डिसेम्बर ३१ का दिन सम्बोधन गर्दै यहाँका सशस्त्र पाँच विद्रोही समूहसँग कोलम्बिया सरकारले युद्धविराम गरेको जनाउनुभएको थियो । उहाँले सो युद्धविरामको अवस्था यही सन् २०२३ को जनवरी देखि आगामी जुन ३० तारिखसम्म कायम रहने पनि बताउनुभएको थियो ।

कोलम्बियामा युद्धविरामसँगै विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रमले यहाँ शान्ति स्थापनाको आशा यहाँका नागरिकमा बढेको संयुक्त राष्ट्र सङ्घीय महासचिव गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले बताउनुभएको छ । यही युद्धविरामको अवधिमा यहाँका सबै सशस्त्र समूहहरुसँग शान्ति वार्ताको प्रक्रिया अघि बढाउने र यसका माध्यमबाट देशमा शान्ति स्थापना गर्ने विषयमा सबै पक्ष लाग्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

यो युद्धविरामको सही सदुपयोग गरेर कोलम्बियामा शान्ति स्थापनाको काममा लाग्न पनि महासचिव गुटरेसले कोलम्बियाका सबै पक्षसँग आग्रह पनि गर्नुभएको छ । उहाँका प्रवक्ता डुजारिकले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा कोलम्बियामा शान्ति स्थापनाका लागि आवश्यक सबै सहयोग गर्न संयुक्त राष्ट्रसङ्घ सदैव तत्पर रहेको पनि जनाइएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...