फ्लुका बिरामी सङ्ख्या बढ्दै

Published on

काठमाडौं । जाडो मौसमको सुरुवातसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । कतिपय बिरामी आफूलाई गाह्रो भएपछि मात्रै अस्पताल जाने गरेका छन् भने कतिपय बिरामी घरायसी उपचार गरेर बसेका छन् । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, ग्रान्डी अस्पताल, ह्याम्स, ईशान, नर्भिकलगायतका अस्पतालमा जाडो मौसमसँगै रुघाखोकी, ज्वरो, दम, टाउको दुख्ने समस्या लिएर अस्पताल जाने गरेका छन् ।

सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले पहिलेको तुलनामा जाडो मौसमसँगै रुघाखोकी, ज्वरोलगायतका समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको बताउनुभयो । “पहिले–पहिले रुघाखोकी लागेर आउने बिरामीको सङ्ख्या अत्यन्तै न्यून थियो,” पुनले भन्नुभयो, “पछिल्ला दिनमा दैनिक १५र२० जना बिरामी मौसमी फ्लुको समस्या लिएर आउने गरेका छन् ।” यस्तै वीर अस्पतालमा पनि उच्च ज्वरो, रुघाखोकीलगायतका समस्या लिएर आउनेको सङ्ख्या बढेको छ । दैनिक एक हजार पाँच सयदेखि दुई हजारसम्म नयाँ बिरामी आउने वीरमा ५०र६० जना मौसमी फ्लुका बिरामी आउने गरेका छन् । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा। दिनेश काफ्लेले मौसमी फ्लुका बिरामी अझ बढी माघ, फागुन महिनामा आउने बताउनुभयो । “अहिले दैनिक ५०र६० जना कम हो,” उहाँले भन्नुभयो, “माघ, फागुन महिनाको समयमा एकरदुई सय बिरामी मौसमी फ्लुका आउने गर्छन् ।”

बालबालिकामा बढी समस्या

कुल ३३० शय्या सञ्चालनमा रहेको कान्ति बाल अस्पतालमा अहिले कुनै पनि शय्या खाली छैनन् । डिस्चार्ज हुने र भर्ना हुने बिरामी बालबालिकाको सङ्ख्या बढ्दो छ । कान्ति बाल अस्पतालका निर्देशक डा। युवानिधि बसौलाले एनआईसीयू, पीआईसीयू, एचडीयूलगायतका सबै शय्या भरिएको जानकारी दिनुभयो । अस्पतालमा आउने बालबालिकामध्ये रुघाखोकी, घ्यारघ्यार, दम, ज्वरोलगायतका समस्याले आउने गरेको बताउँदै उहाँले अस्पताल आउने बिरामीमध्ये दैनिक १० देखि १५ जनालाई अस्पतालमै भर्ना गरेर राख्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

जाडोमा दम, रुघाखोकी, निमोनिया, ज्वरो, बान्ता आउने, ब्रोङ्काइटिसलगायतका समस्याले बालबालिका अस्पताल आउने गरेको उहाँले जानकारी दिनुभयो । जाडोमा अभिभावकले बालबालिकाको ख्याल गर्नुपर्ने भन्दै उहाँले बालबालिकालाई न्यानोमा राख्न सुझाव दिनुभयो ।

के हो मौसमी फ्लु

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार मौसमी फ्लु एक किसिमको रुघाखोकी हो । नेपालमा मौसम परिवर्तनसँगै मौसमी फ्लु देखिने गरेको छ । फ्लुका कारण अस्पताल आए पनि जटिल अवस्था भने छैन । वृद्धवृद्धा र बालबालिका भने मौसमी फ्लुदेखि अति नै सतर्क रहनुपर्छ । रुघाखोकीलाई सामान्य रूपमा लिइन्छ । डा। पुनले मौसमी फ्लुमा अचानक ज्वरो आउने, घाँटी दुख्ने, जीउ÷शरीर दुख्ने, निरन्तर खोकी लाग्ने हुन्छ । कसैलाई निमोनियासम्म हुन सक्छ ।

डा। पुनले मौसमी फ्लु हुनेबित्तिकै आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले झोलिलो खानेकुरा खाने, स्वास्थ्यकर्मीको सुझाव लिने, केहीदिन घरमा आराम गरेर बस्नुपर्ने बताउनुभयो । मौसमी रुघाखोकी अन्य इन्फ्लुएन्जाझैँ सामान्य भएको जानकारी दिँदै पुनले रुघाखोकी भाइरसका कारण मानिसबाट मानिसमा सर्ने गरेको बताउनुभयो । रुघाखोकी लाग्दा मानिस अस्पतालभन्दा घरायसी उपचार गरेर घरमै बस्ने गरेको उहाँको भनाइ छ ।

कसैलाई श्वासप्रश्वाससम्बन्धी समस्या भएमा, सास लिन गाह्रो भएमा, उच्च ज्वरो आएमा तीनरचार दिनसम्म पनि ज्वरो नघटेमा तुरुन्त चिकित्सकसँग सल्लाह गर्नुपर्ने उहाँले बताउनुभयो । भीडभाड भएको ठाउँमा नजान, सङ्क्रमित व्यक्तिको नजिक नजान, मास्कको प्रयोग गर्न, हात राम्ररी धुन, झोलिलो खानेकुरा खान, सानो बच्चालाई समय–समयमा स्तनपान गराउन, पोषिलो खानेकुरा खुवाउन उहाँले सुझाव दिनुभयो । गोरखापत्र ।

ताजा समाचार

आठौँ मण्डली कप हुने

काठमाण्डौँ । एक लाख ५० हजार राशीको आठौँ मण्डली कप कात्तिक २१ गतेदेखि हुने...

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारवाही हुन्छ : प्रधानमन्त्री

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने...

तिहार नजिकिएसँगै मादल बनाउने चटारो

काठमाण्डौँ । धनकुटा नगरपालिका –१ हिलेका छोटे (छविलाल) सार्कीलाई यतिबेला मादल बनाउन भ्याइ नभ्याइ...

आज ‘सरकारका सय दिन’को उपलब्धि सार्वजनिक हुने

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धि आज सार्वजनिक गर्नुहुने...