आज ‘सरकारका सय दिन’को उपलब्धि सार्वजनिक हुने

Published on

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धि आज सार्वजनिक गर्नुहुने भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारको मङ्गलबार एक सय दिन पुगेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि उहाँले सार्वजनिक गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले गरेका कामहरुको विवरणबारेमा जानकारी गराउनुहुने र सरकारको आगामी तयारी र योजनाबारे समेत जानकारी गराउनुहुने प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले बताउनुभयो ।

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...