इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्‍याइँदै

Published on

काठमाडौं । इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्‍याउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि सङ्गठन, एफएओले जनाएको छ । इथियोपियाको उत्तरी क्षेत्र द्वन्द्वग्रस्त रहेको र यहाँका नागरिकलाई खाद्यान्न, औषधिलगायतका अन्य अति आवश्यक वस्तुको आपूर्ति गर्नुपर्ने भएकाले यसका लागि खाद्य तथा कृषि सङ्गठनल लागेको सो संस्थाले जनाएको छ । यसअघि सो क्षेत्रमा यहाँका विद्रोहीहरुले नै खाद्यान्न वितरण गर्न नदिएकामा अहिले सो क्षेत्रमा युद्धविराम भएपछि विस्तारै आवश्यक वस्तुहरुको आपूर्ति गर्न थालिएको बताइएको हो ।

यहाँको उत्तरी क्षेत्र खासगरी टिगरेका नागरिकलाई अहिले खाद्यान्नलगायतको आवश्यकता परेको र उनीहरुको अवस्था हेरेर अहिले विदेशी दाता संस्थाहरुको समन्वयमा खाद्यान्न पुर्‍याउने काम गरिएको सो संस्थाले जानकारी दिएको हो । यहाँका टिगरे, अफार र अम्राह द्वन्द्वग्रस्त क्षेत्र हुन् । यी क्षेत्रका कैयौँ नागरिकले द्वन्द्वका कारण ज्यान पनि गुमाएका छन् ।

साथै ती क्षेत्रमा जारी रहेको द्वन्द्वका कारण यहाँका विद्रोहीहरुले संयुक्त राष्ट्रसंघ तथा अन्य दाता संस्थाहरुलाई पनि प्रवेश गर्न दिएका थिएनन् । जसका कारण यहाँका नागरिक लामो समयदेखि समस्यामा परेका थिए । अहिले खाद्य तथा कृषि सङ्गठन, विश्व खाद्य कार्यक्रम तथा अन्य अन्तर्राष्ट्रिय संस्थाको सहयोग र समन्वयमा ती क्षेत्रहरुमा खाद्यान्न र अरु सहयोग पुर्‍याउने काम भइरहेको बताइएको हो । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...