नाइजेरियाको रेल स्टेसनबाट ३० जनाभन्दा बढी व्यक्ति अपहरण

Published on

काठमाडौं । नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके–४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिलाई अपहरण गरेको डीडब्ल्यु न्युजले जनाएको छ । इडो गभर्नरको कार्यालयले जनाएअनुसार  बन्दुकधारीको आक्रमण इग्वेबेनमा करिब ४ बजे (स्थानीय समय) मा भएको थियो ।

एके–४७ असल्ट राइफल लगायतका हतियार लिएर आएका मानिसहरूले सो स्टेशनमा ट्रेनको पर्खाइमा रहेका यात्रुहरूलाई आक्रमण गरेका थिए । सूचना मन्त्री क्रिस ओसा नेहिखारेले आक्रमणमा ३२ जना अपहरणमा परेको तर एकजना  बेपत्ता भएको बताएका छन् ।

अहिले, सुरक्षाकर्मीहरू परिचालन गरी पीडितहरूको उद्धारकार्य अगाडि बढाइएको  नेहिखारेले  जनाएका छन् ।  रासस/एएनआई

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...