इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा इजिप्टसँगको गाजा सीमामा सहज नियन्त्रणको माग

Published on

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजिप्टसँगको गाजा सिमानामा इजरायलले सहज नियन्त्रण राख्न पाउनुपर्ने बताउनुभएको छ । उहाँको यस्तो मागले युद्धविराम प्रयासलाई अवरोध पार्ने खतरा उत्पन्न गरेको छ । युद्धको अन्त्य गर्ने आशामा अमेरिकाले युद्धविराम र बन्धक मुक्तिका लागि नयाँ प्रस्ताव विकास गरिरहेको बेला नेतान्याहुको यस्तो टिप्पणी आएको हो । फिलाडेल्फी कोरिडोरमा इजरायली नियन्त्रणको प्रश्नले मे महिनामा सेनाले कब्जा गरेको गाजा सिमानामा रहेको जमिनको साँघुरो पट्टी वार्तामा बाधा बनेको छ । हमासले धेरै चरणको युद्धविराम सम्झौतामा गाजाबाट इजरायली सैनिकको पूर्ण फिर्ताको माग गरेको छ । इजिप्ट, अमेरिका र कतारसहितका वार्ताका मध्यस्थकर्ताले इजरायली सेनालाई उक्त कोरिडोर छोड्न ठोस समयसीमा माग गरेका छन् । सन् २०२० को अब्राहम सम्झौतामा इजरायलसँग औपचारिक सम्बन्ध स्थापित गरेको संयुक्त अरब इमिरेट्सले पनि इजरायली स्थितिको बुधवार आलोचना गर्‍यो ।

विदेशी पत्रकारहरूसँग कुरा गर्दै नेतान्याहुले गाजामा हतियार तस्करी गरेर हमासलाई पुनःशस्त्रीकरण गर्नबाट रोक्न इजरायलले सीमामा नियन्त्रण कायम राख्नुपर्ने धारणा दोहोर्‍याउनुभयो । हामासले गत अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमण दोहोर्‍याउनु नपरोस् भन्ने सुनिश्चित गर्न यो युद्ध लक्ष्यको महत्त्वपूर्ण हिस्सा भएको उहाँले बताउनुभयो । “गाजालाई निःशस्त्रीकरण गर्नुपर्छ र यो फिलाडेल्फी कोरिडोर नियन्त्रणमा रहे मात्र सम्भव हुनसक्छ”, इजरायली सेनाले सीमामा दर्जनौँ सुरङ फेला पारेको दाबी गर्दै भन्नुभयो । उहाँले इजरायलले कोरिडोरबाट हट्नुअघि प्रहरीलाई वैकल्पिक बलका साथ प्रस्तुत गरिने बताउनुभयो । गत साता हमासले छ जना बन्धकको हत्या गरेपछि बाँकी बन्धकका परिवारले हमाससँग सम्झौतामा सहमत हुने मागलाई तीव्र बनाएका छन् । इजरायली सेना बाँकी बन्धकलाई बचाउन अगाडि बढिरहेको छ ।

सार्वजनिक बयानमा बन्धकका परिवारले नेतान्याहुलाई सम्झौता अवरुद्ध गरेको तथा सीमा पट्टी कब्जा गर्न बन्धकहरूको जीवन बलिदान गरेको आरोप लगाएका छन् । हालका दिनहरूमा हजारौँ इजरायली बन्धकलाई जीवित घर ल्याउन समय समाप्त भएको भन्दै सम्झौताको आह्वानका साथ सडकमा उत्रिएका छन् । पत्रकारहरूद्वारा युद्ध अन्त्य गर्ने समय सीमाबारे सोधिएको प्रश्नमा नेतान्याहुले जवाफ दिन अस्वीकार गर्नुभयो । “विजय प्राप्त नगर्दासम्म यस्तो गर्न सक्छौँ, मलाई के लागेको छ भने हामी धेरै नजिक आएका छौँ”, उहाँले भन्नुभयो । नेतान्याहुले बारम्बार सीमा कब्जा गर्नाले हमासलाई बन्धकहरू मुक्त गर्न दबाब दिने कुरामा जोड दिनुभयो । उहाँले मे महिनाको रफाह आक्रमणले हमासलाई बन्धकको पहिलो रिहाइ गर्न बाध्य पारेको दाबी गर्दै आक्रमणको परिणाम तिनीहरूमा लगाएको सैन्य दबाब भएको बताउनुभयो ।

प्यालेस्टिनी समाचार एजेन्सी डब्लुएएफएले बिहीबार इजरायली ड्रोन हमलामा पश्चिम किनारमा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको बताएको छ । इजरायली सेनाले विज्ञप्तिमार्फत ‘सशस्त्र आतङ्ककारीमाथि तीनवटा लक्षित आक्रमण गर्दा सैनिकलाई खतरा उत्पन्न गरेको’ जनाएको छ । पछिल्लो एक साताभन्दा बढी समयदेखि सयौँ इजरायली सेनाले इजरायल–हमास युद्ध सुरु भएदेखि कब्जा गरिएको पश्चिम किनारमा सबैभन्दा घातक अपरेसन गरिरहेको छ । रासस\एपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...