राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाद्धारा वक्तृत्वकला प्रतियोगिता

Published on

चन्द्रकान्त जोशी, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएको नेपाली सेनाले राष्ट्रिय एकता दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता गरेको छ । सेनाको रुद्रध्वज गणले ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर जैविक विविधता संरक्षणमा युवाहरुको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता गरेको हो । स्थानिय जनसमुदायमा प्रकृति संरक्षण प्रतिको भावना स्थापित गर्नको लागि प्रतियोगिता गरिएको सेनाको रुद्रध्वज गणले जनाएको छ । यो सँगै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षलाई प्रभावकारी रुपमा संरक्षण गर्न जनमानसमा सचेतना पु¥याउने उदेश्यले पनि उक्त कार्यक्रम गरिएको गणले जानकारी दिएको छ ।


उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागी सात जना मध्ये सरस्वती मा.वि. परखेडीका छात्र कपिल पन्त प्रथम, सरस्वती मा.वि. परखेडीकै छात्रा कविता भट्ट द्धितिय र प्रभात विद्या निकेतनकी छात्रा रक्षा पन्तले तृतिय स्थान हासिल गरेको र प्रथम, द्धितिय र तृतिय स्थान हाँसिल गर्ने छात्रछात्राहरुलाई नगद पुरस्कार, प्रमाण पत्र सँगै ट्रफि प्रदान गरिएको समेत सेनाले जनाएको छ । साथै उपस्थीत अन्य शिक्षक र बिद्यार्थीहरुलाई समेत सहभागिताको प्रमाण पत्र र नगद पुरस्कार समेत प्रदान गरिएको छ । उक्त कार्यक्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहता, रुद्रध्वज गणका गणपति प्रमुख सेनानी सागर कार्की, राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कार्यक्रमका कार्यालय प्रमुख लक्ष्मी राज जोशी तथा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लव कुमार विष्ट लगायत महत्वपूर्ण व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

कांग्रेस सांसद आचार्य राहत सामग्री बोकेर जाजरकोट प्रस्थान

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद  मोहन आचार्य  राहत...

स्वर्णिम वाग्ले रास्वपा उपसभापति नियुक्त

काठमाडौं, १३ मंसिर । डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति नियुक्त भएका...

पुकार बम रास्वपा केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पाँच जना केन्द्रीय सदस्य मनोनित भएका...

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी...