दुई दिनभित्रै मन्त्रिपरिषद् पूर्णता हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

Published on

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने दाबी गर्नुभएको छ । मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले सो दाबी गर्नुभएको हो ।
शनिबार ललितपुर चेम्बर अफ कमर्सले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरूसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिनुभयो ।

‘‘मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन । गम्भीर नै छ । तर हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ । सरकारको तर्फबाट मैले तपाईँहरूलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ । एक दुई भित्रै मन्त्रीपरिषद् विस्तारले पूर्णता पाउँछ,’’ उहाँले भन्नुभयो, ‘‘त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरू पनि गरेर एउटा दिशामा प्रभावकारी ढङ्गले कदम चाल्ने गरी अगाडि बढनेछौं । यो कुरामा सरकार गम्भीर भएको जानकारी गराउँदै र तपाईँहरूसँग नियमित छलफल र अन्तरक्रियामा रहने बचन दिन्छु ।’’ कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा। तोसिमा कार्कीले आम उपभोक्तालाई सस्तो र गुणस्तरीय बस्तुको उपयोग गराउने काममा तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको थियो ।

ताजा समाचार

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...

काभ्रेको श्वेत भैरव मन्दिर

काठमाडौं । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ५ खडपु वा श्रीखण्डपुरमा अवस्थित प्रख्यात श्वेत...

आठ हजार चालक रसिदकै भरमा सवारी कुदाउँदै

काठमाडौं । राजमार्गमा होस अथवा जुनसुकै सडकमा सवारी चलाउन चालक अनुमति पत्र अनिवार्य छ...