अल अक्सा मस्जिदबाट तीन सय पचासभन्दा बढी पक्राउ

Published on

काठमाडौं । पूर्वी जेरुसेलमको पुरानो सहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ ।

मास्क लगाएर मस्जिदभित्र ढुङ्गामुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ । हातमा लाठी लिएका उनीहरूले कानुन उल्लङ्घन गरेका र विस्फोटक सामग्रीसमेत बोकेका प्रहरी प्रवक्ताले बताएका छन् । मस्जिदको शान्ति सुव्यवस्था कायम गर्न बाध्य भई प्रहरी त्यहाँ प्रवेश गरेको उनले स्पष्ट गरेका छन् । नमाज पढ्न बसेका श्रद्धालुलाई लक्ष्य गरेर मस्जिदमा आक्रमणको प्रयास भएको हुनसक्ने भन्दै उनले हिंसा भड्किन नदिन तत्काल कारबाही गरिएको बताएका छन् ।

जेरुसेलममा रहेका एएफपीका पत्रकारहरूले अल अक्सा मस्जिदभित्र बुधबार बिहानैदेखि झडप भएको बताएका छन् । । मस्जिदमा प्यालेष्टिनी समूह हमासका कार्यकर्ताले आक्रमण गरेका उनीहरूले जनाएका छन् । हमासले आफ्ना कार्यकर्तालाई मस्जिदमा सामूहिकरूपमा उपस्थित हुन आह्वान पनि गरेको थियो । रमजानको पवित्र महिनामा हजारौँ भक्तजन प्रार्थनाका निम्ति अक्सामा आउने गर्छन् ।

अल अक्सामा झडप भएपछि उत्तरी गाजापट्टीबाट इजरायली क्षेत्रतर्फ धेरै रकेट प्रहार भएका थिए । इजरायली सेनाले गाजापट्टीबाट प्रहार भएका पाँच वटा रकेटलाई देशको हवाई रक्षा प्रणालीले रोकेको र अन्य चारवटा निर्जन स्थानमा खसेका जनाएको छ । रासस/एएफपी

ताजा समाचार

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

दुबई, १५ मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई...

भुकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाउँदै कांग्रेस नेता महर

जाजरकोट, १५ मंशिर । कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला...

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा, १६ मंशिर । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।  युद्बबिराम...

युद्दबिरामका बिचमा प्यालेस्टाइनी भुमीवाट इजरायलमा रकेट प्रहार

गाजा, १५ मंशिर । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली...