काठमाडौं । बझाङ्गको चैनपुरनजिकै भोपुर गाउँमा रहेको बझाङ्ग जिल्लाको प्रख्यात दरबार भोपुर । तत्कालीन बझाङ्गी राजा देवीजंगबहादुर सिंहले पाँच वर्ष लगाएर १९९५ मा निमार्ण गरेको यो दरबार उनका छोरा ईश्वरजंगबहादुर सिंहको नाममा राखिएको थियो । ईश्वरजंगको अपुतालीपछि उनका आफन्तहरूले २०४० सालतिर नेपाल सरकारलाई बिक्री गरेपछि यो दरबारमा २०४५ सालमा तत्कालीन शाही नेपाली सेना हुँदै अहिले नेपाली सेनाको ब्यारेक बसेको छ । भवन निर्माणका क्रममा मासको गारो लगाइएको र वास्तु दोष नलागोस् भनेर भवनको जग निर्माणमा राजाल् अष्टधातुको प्रयोग गरेका थिए । फोटो : ए.एन.एन.नेपाल ।


