प्रधान सेनापति ट्रफी २०७९ सुरु

Published on

काठमाडौं । प्रधान सेनापति ट्रफी-२०७९ खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । जङ्गी अड्डास्थित खेल मैदानमा सुरु भएको प्रतियोगिताको प्रधान सेनापति महारथी प्रभुराम शर्माले उद्घाटन गर्नुभयो ।

वैशाख १० गतेसम्म संचालन हुने यस प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका गरी  जम्मा १४ वटा टिमको सहभागिता रहेको छ । उद्घाटन अवसरमा पृतना तथा बाहिनीहरुबाट मार्चपाष्ट तथा खेलाडीहरुबाट विभिन्न खेल विधा सम्बन्धी कला प्रस्तुत गरिएको थियो ।
नेपाली सेना संसारमै दुर्लभ एक सिङ्गे गैँडाको संरक्षण गर्न एक सिङ्गे गैँडाको मास्कट समेत प्रदर्शन गरेको थियो । प्रतियोगिताको पहिलो दिन महिला तथा पुरुष १५०० मिटर दौडका विजेतालाई प्रधान सेनापतिले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा तेक्वान्दो, बक्सिङ्ग, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल लगायतका खेलहरु समावेश गरिएको छ । 
उद्घाटन अवसरमा रक्षा सचिव, युवा तथा खेलकुद मन्त्रालयका सचिव, पूर्व प्रधान सेनापतिहरु, वहालवाला तथा अवकास प्राप्त रथीबृन्द, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षकहरु, राष्ट्रिय खेलकुद परिषद्‍का सदस्य सचिव, सैनिक श्रीमति संघका पदाधिकारीहरु, सैनिक सहचारीहरु, खेलकुद सम्बद्ध संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, नेपाली सेनाका अधिकृत, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो । 
खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ नेपाली सेनाले २०६५ सालदेखि प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता संचालन गर्दै आएको छ ।

ताजा समाचार

इपिएस सम्झौताको १७ वर्ष : नेपाल बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ...

पुर्ख्यौली पेसा संरक्षणको माग

काठमाडौं । पुर्ख्यौली पेसामा आश्रित कुम्हार समुदायले पेसा संरक्षणका लागि माग गरेका छन् । यो...

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...