पेरुमा बस दुर्घटनाः १० जनाको मृत्यु, २५ घाइते

Published on

काठमाडौं । पेरुको लिमा विभागमा सोमबार बिहान यात्रुबाहक बस सडकबाट चिप्लिएर नदीमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । सो दुर्घटना केन्द्रीय राजमार्गको १०९ किलोमिटरमा दिउँसो करिब २ः३० बजे भएको पेरुभियन राष्ट्रिय प्रहरीको राजमार्ग सुरक्षा डिभिजनका प्रमुख कर्नल भिक्टर मेजाले राज्य समाचार एजेन्सी एन्डिनालाई बताएका छन् ।

बस ह्वानुकोको केन्द्रीय विभागबाट राति ८ बजे त्यसतर्फ प्रस्थान गरेको थियो । सो बस लिमा जाँदै गर्दा चट्टानबाट चिप्लिएर करिब सात मिटर तल रिमाक नदीमा खसेको थियो । पेरुभियन रेडियो स्टेशन रेडियो प्रोग्रामास डेल पेरुका अनुसार बसमा छ जना नाबालिग सहित ६० जना यात्रु सवार रहेको र तीमध्ये तीन जना घाइते भएका थिए । घाइते २५ जनामध्ये पाँच जनाको अवस्था गम्भीर छ । दुर्घटनामा परी घाइते भएका बस चालकलाई पनि दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय चिक्लामा हिरासतमा राखिएको छ । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...