ताइवानी जलक्षेत्रमा युद्धपोत र आकाशमा चिनियाँ लडाकु विमान

Published on

काठमाडौं । ताइवानको जल र हवाई क्षेत्रमा सैनिक अभ्यास अन्त्य भएपछि पनि टापु वरपर युद्धपोत र लडाकु विमान आज पनि तैनाथ गरेको छ । मंगलबार ताइवानको जलक्षेत्रमा नौ वटा चिनियाँ युद्धपोत र हवाई क्षेत्रमा २६ वटा लडाकु विमान देखिएका ताइवानी रक्षा मन्त्रालयले जनाएको छ । स्थानीय समयअनुसार आज बिहान ११ बजेसम्म चिनियाँ विमान र युद्धपोत आफ्नो जल र हवाई क्षेत्र वरपर तैनाथ थिए ।

हिजो सोमबार तीनदिने सैन्य अभ्यास समाप्त गरेको बेइजिङले आज पनि युद्धपोत र लडाकु विमान आफ्नो वरपरको क्षेत्रमा तैनाथ गरेर युद्धको आभास दिइरहेको छ । ताइवानका राष्ट्रपति साई इङ वेनले क्यालिफोर्नियामा अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकाथीलाई भेटेपछि क्रुद्ध भएको बेइजिङले गत शनिबारदेखि सैन्य अभ्यास सुरु गरेको थियो । राष्ट्रपति साईले आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा अमेरिकी सभामुखलाई क्यालिफोर्नियमा भेटेका थिए । गत अगस्टमा तत्कालीन सभामुख न्यान्सी पेलीसीको ताइपेई भ्रमणपछि गरिएको सैन्य अभ्यासभन्दा तुलनात्मक रूपमा पछिल्लो अभ्यास सानो थियो ।

राष्ट्रपति साई र सभामुख म्याकार्थीबीचको कुनै पनि बैठक आफूलाई अमान्य हुने उल्लेख गर्दै चीनले यदि उहाँले भेटवार्ता गरेमा त्यसविरुद्ध लड्न दृढ उपाय अवलम्बन गर्ने चेतावनी दिएको थियो । देशको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउने कुनैपनि गतिविधि सह्य नहुने चीनले बताएको थियो । आफ्नै संविधान र सरकार भएको ताइवान एक स्वशासित टापु हो । चीनले यसलाई आफूबाट अलग भएको आफ्नै प्रान्तका रूपमा लिएको छ चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।

चीनले हिजो आफ्नो सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको बताएको थियो । ताइवानी रक्षा मन्त्रालयले हिजै टापु वरपर १२ वटा चिनियाँ युद्धपोत र ९१ वटा विमान तैनाथ गरिएका दाबी गरेको थियो । ताइवानी सेनाले आफ्नो सुदृढीकरणको प्रयासलाई निरन्तरता दिने बताउँदै आएको छ । सन् १९७९ मा वासिङ्टनले बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गरे पनि ताइपेइको अन्तरराष्ट्रिय सहयोगी एवम् साझेदारका रूपमा वासिङ्टन उभिएको छ । अमेरिका नै ताइवानको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि भएको छ ।

यस्तो पृष्ठभूमिमा रहेको ताइवान र अमेरिकाबीचको सम्बन्ध अनौपचारिक भए पनि औपचारिक सम्बन्ध जत्तिकै महत्वपूर्ण एवम् अर्थपूर्ण रहेको अमेरिका–ताइवान सम्बन्धबारे अध्ययन गरिरहेका जेम्स लीले बताएका छन् । रासस/एएफपी

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...