युक्रनेलाई बृहत् सैन्य सहयोग

Published on

काठमाडौं । उत्तर एटलान्टिक सन्धि सङ्गठन ९नाटो० र उसका साझेदारहरूले युक्रेनलाई उसको गुमेको भूभाग रुसबाट फिर्ता लिन बृहत् सैन्य सहयोग उपलब्ध गराएका छन् । नाटोका प्रमुख जेन्स स्टोल्टेनबर्गका अनुसार युक्रेनलाई एक हजार पाँच सय ५० वटा बख्तबन्द गाडी र दुई सय ३० वटा ट्याङ्क प्रदान गरिएको छ । अघिल्लो वर्षको फेब्रुवरीमा युक्रेनमाथि रुसी हमला भएपछि प्रदान गरिएको सैन्य सहयोगमा यो सबैभन्दा ठूलो हो ।

आज ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा नाटो प्रमुखले युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ९८ प्रतिशत सैन्य सहायता नाटोबाट प्रदान गरिएको बताउनुभयो । युक्रेनका नौ वटा नयाँ ब्रिगेडलाई तालिम दिइएको तथा ती युद्धदस्तालाई हातहतियारले सुसज्जित गरिएको जानकारी पनि उहाँले दिनुभयो । रासस/एएफपी

ताजा समाचार

कांग्रेस सांसद आचार्य राहत सामग्री बोकेर जाजरकोट प्रस्थान

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद  मोहन आचार्य  राहत...

स्वर्णिम वाग्ले रास्वपा उपसभापति नियुक्त

काठमाडौं, १३ मंसिर । डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति नियुक्त भएका...

पुकार बम रास्वपा केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पाँच जना केन्द्रीय सदस्य मनोनित भएका...

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी...