अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

Published on

काठमाडौं । अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त  भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ ।

एफ–१६ लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समय अनुसार बिहान ९ः३१ बजे खेतबारीमा दुर्घटनाग्रस्त भएको थियो ।

युनाइटेड स्टेट्स फोर्सेस कोरियाको प्रमुख सैन्य अड्डा रहेको सहर हो । दुर्भाग्यपूर्ण लडाई विमानमा सवार एक पाइलट दुर्घटना हुनु अघि भागेका थिए ।

लडाकु विमानको अधिकांश भाग जलेको छ । घटनास्थल नजिक कुनै घर लगायत अन्य संरचना नभएकाले  अरू कुनै क्षति नभएको प्रहरी अधिकारीले बताएका छन् । रासस/सिन्ह्वा

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...