सहमतिलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्छौं : गृहमन्त्री लेखक

Published on

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने बताउनुभएको छ । गृह जिल्ला कञ्चनपुरको महेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै गृहमन्त्रीले सहमति कार्यान्वयनमा कुनै पनि शङ्का नगर्न आग्रह गर्नु भएको हो । “यो सहमतिलाई कार्यान्वयन गर्ने भनेर नेपाली कांग्रेसको तर्फबाट हाम्रो पूर्ण प्रतिवद्धता छ”, उहाँले थप्नुभयो, “नेकपा ९एमाले० ले पनि यो सहमतिको विकल्प नरहेको ठहर गर्दै यसलाई कार्यान्वयन गर्ने दृद्धता व्यक्त गरेको छ ।”

देशको आवश्यकता र जनताको चाहना बमोजिम दुई ठुला दलले सात बुँदे सहमति गरेर सरकार बनाएको गृहमन्त्रीको भनाइ थियो । उहाँले कांग्रेस र एमाले मिलेर यो देशमा ऐतिहासिक सफलताहरु प्राप्त गरेको बताउनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, “२०४६\४७ को आन्दोलनमा हामी मिल्दा पञ्चायती व्यवस्थाको विरुद्धमा हामीले यो देशमा लोकतान्त्रिक व्यवस्था(बहुदलीय व्यवस्था स्थापना गर्‍यौं । २०५२ देखि २०६२ सालसम्म भएको सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्‍यौं । तत्कालीन माओवादीलाई शान्तिमा ल्यायौं र सहकार्यका साथ अगाडि बढ्यौं, त्यो कांग्रेस, एमाले मिलेरै भएको हो ।”

मिलेरै अन्तरिम संविधान, संविधान सभा र २०७२ को संविधान बनाइ ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्नुहुँदै गृहमन्त्रीले अहिले पनि देशको विशिष्ट कार्यभार पूरा गर्नका लागि एक ठाउँमा उभिएको बताउनुभयो । कांग्रेस, एमालेको सहमति देशको विकास र विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउन र संविधान कार्यान्वयनको क्रममा देखा परेका सवल तथा दुर्वल पक्ष, जटिलतालाई पहिचान गरेर आवश्यकतानुसार संविधान संशोधनका लागि रहेको लेखकको भनाइ थियो । उहाँले मुलुकमा सरकारको स्थायित्व, भ्रष्टाचार अन्त्य, सुशासन स्थापना गर्न, अर्थतन्त्रलाई चलायमान तथा क्रियाशील बनाउनका लागि दुई ठुला दलले सहमति गरेको उल्लेख गर्नुभयो।

संविधान संशोधनको कुरा उठ्दा कतिपय पार्टीका नेताहरु झस्किने गरेकोभन्दै गृहमन्त्री लेखकले त्यसरी नझस्किन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृद्ध गर्न, संविधानलाई जनताको लागि झन उपयोगी बनाउन र समावेशी चरित्रको राज्य बनाउने विषयलाई थप राम्रो बनाउनका लागि यो एजेण्डा ल्याएका हौं ।” संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य आफूहरु मिलेर ल्याएको व्यवस्था रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो,“अहिलेको संविधान पनि हामीले मिलेर बनाएको हो । हामी यसप्रति प्रतिवद्ध छौं । यसको कार्यान्वयनमा प्रतिवद्ध छौं । र, त्यहि गर्नका लागि यो समीकरण बनाइएको हो ।” गृहमन्त्री लेखकले प्रहरीलाई आधुनिक बनाउँदै लगिने उल्लेख गर्नुहुँदै आधुनिक खालको अपराध नियन्त्रणमका लागि आधुनिक प्रहरीको आवश्यकता पर्ने गरेको बताउनुभयो । नयाँ भवन निर्माणले प्रहरीको काम कारबाहीमा थप सहयोग मिल्ने उहाँको भनाइ थियो । गोरखापत्र

ताजा समाचार

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

काठमाडौं । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको...

गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु

काठमाडौं । इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसङ्घका...

नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक

काठमाण्डौं , भदौं २६ गते । गृहमन्त्री रमेश लेखकले नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने...

धार्चेको काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको...